मोदी नेपाल आउन लाग्दा कीन पुगे वर्षमान पुन चीनको सिमामा ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मोदी नेपाल आउन लाग्दा कीन पुगे वर्षमान पुन चीनको सिमामा ?

सारांश

  • काठमाडाै, १५ वैशाख ।
  • उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले शनिबार बिहानै रसुवागढी अन्तर्राष्ट्रिय नाकाको निरीक्षण गरेका छन्।
  • रसुवागढी नेपाल–चीनबीचको मुख्य अन्तर्राष्ट्रिय नाका हो, जहाँबाट चिनियाँ रेलमार्ग काठमाडौं जोड्ने तयारी भइरहेको छ।

काठमाडाै, १५ वैशाख । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले शनिबार बिहानै रसुवागढी अन्तर्राष्ट्रिय नाकाको निरीक्षण गरेका छन्। रसुवागढी नेपाल–चीनबीचको मुख्य अन्तर्राष्ट्रिय नाका हो, जहाँबाट चिनियाँ रेलमार्ग काठमाडौं जोड्ने तयारी भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनको केरुङबाट काठमाडौं रेलमार्ग जोड्नेबारे विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी भइरहेका बेला मन्त्री पुनले नाका अवलोकन गरेका हुन्।

यसअघि निर्वाचन लगत्तै प्रधानमन्त्री बन्नुअघि नै रसुवागढी पुगेर ओलीले रेलमार्ग यही नाका भएर विस्तार गरिने बताएका थिए।

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको क्रममा भारत गएका ओली रक्सौल काठमाडौं रेलमार्ग विस्तार गर्ने सहमती गरेर फर्केका थिए। त्यसयता भारत र चीनको रेलमार्ग सञ्जालसँग नेपाललाई जोड्ने बहस भइरहेको छ।

रसुवागढी पुगेका मन्त्री पुनले नाकालाई थप व्यवस्थित बनाउँदै संरक्षण गरिने बताए।

पुनले रसुवागढी जलविद्युत परियोजनाको निरीक्षण गरेका छन्। रसुवागढी १११ मेगावाट क्षमताको परियोजना हो। त्यस्तै रसुवास्थित जलविद्युत परियोजनाहरूको निरीक्षण गर्न मन्त्री पुन शुक्रबार नै रसुवा आएका हुन्। उनले शुक्रबार त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गरेका थिए।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिँदै तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गरिने बताएका छन्।

(https://emdrprofessionaltraining.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    Natak over vo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
सरकार छाड्लान त उपेन्द्र यादवले ?
सरकार छाड्लान त उपेन्द्र यादवले ?
मेयरलाई ६० लाखको गाडी
मेयरलाई ६० लाखको गाडी
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य
ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा
ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा
कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट
कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट
‘नीति तथा कार्यक्रममा पुराना योजनालाई नयाँ भनेर प्रचार गरियो’
‘नीति तथा कार्यक्रममा पुराना योजनालाई नयाँ भनेर प्रचार गरियो’

तपाईंले छुटाउनुभयो कि?