मोबाइल एपमा विश्वास गर्दा गर्भ रहला !

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ४, २०७३
|
|
९७१ पटक हेरिएको
Shares
मोबाइल एपमा विश्वास गर्दा गर्भ रहला !

सारांश

  • गर्भधारण गर्नबाट बच्नका लागि भन्दै प्रयोग गरिने फर्टिलिटी ट्रयाकिंग एपको विषयलाई लिएर यौन स्वास्थ्य विशेषज्ञहरुले सन्देह प्रकट गर्ने गरेका छन् ।
  • उनीहरुका अनुसार यस्ता एपकोे प्रभावकारीताका विषयमा अझै शोधको आवश्यकता छ ।
  • ती एपहरुले रजश्वलाका विषयमा जानकारी प्रदान गर्दछन् र त्यसलाई गर्भनिरोधकका रुपमा प्रयोग गर्ने गरिन्छ ।

गर्भधारण गर्नबाट बच्नका लागि भन्दै प्रयोग गरिने फर्टिलिटी ट्रयाकिंग एपको विषयलाई लिएर यौन स्वास्थ्य विशेषज्ञहरुले सन्देह प्रकट गर्ने गरेका छन् । उनीहरुका अनुसार यस्ता एपकोे प्रभावकारीताका विषयमा अझै शोधको आवश्यकता छ ।


ती एपहरुले रजश्वलाका विषयमा जानकारी प्रदान गर्दछन् र त्यसलाई गर्भनिरोधकका रुपमा प्रयोग गर्ने गरिन्छ ।

सन् २०१५ मा भएको एक अनुसन्धानले यस्तो एप कुनै गर्भनिरोधक गोलीजस्तै प्रभावकारी रहेको देखाएको थियो । उक्त एपले महिलाको सरीरको तापक्रम, डिम्बको परीक्षणको नतिजा र रजश्वला चक्रको तिथीमा आधारित भएर काम गर्दछ ।

यसले एल्गोरिदम (समस्या सुल्झाउनका लागि स्थापित एक नियम जसलाई कम्प्युटरको सफ्टवेयरमा संचालन गर्न सकिन्छ) को माध्यमबाट निर्धारित गर्दछ की कुनैपनि दिनमा महिलाको प्रजननको अवस्था कस्तो छ ?

यो एपबाट प्राप्त हुने जानकारीले गर्भनिरोधक साधन प्रयोग नगरीकन असुरक्षित सेक्स गर्ने निर्णय गर्नलाई सहयोग गर्दछ । यौन विशेषज्ञहरु के कुरामा सहमत छन् भने फर्टिलिटी अवेरनेस एपबाट गर्भनिरोधकका विषयमा चेतनामा वृद्धि भएपनि यसले गर्भधारण प्रक्रियालाई प्रभावकारी रुपमा रोक्छ भन्नेमा कुनै ग्यारेन्टी छैन ।

बेलायतको सेक्सुअल हेल्थ च्यारिटी एफपीए, फ्याकल्टी अफ सेक्सुअल एजुकेशन एण्ड रिप्रोडक्टिभ हेल्थ अफ रोयल कलेज अफ अब्स्ट्रटिसन एण्ड गाइनोकोलोजिस्ट तथा युनिभर्सिटी अफ अक्सफोर्ड एण्ड फर्टिलिटी यूका डाक्टर सिसिलिया पाइपरका अनुसार यस्ता प्रकारका एपले प्रायः जटिल प्रकारका निर्देशन दिन्छन् र यी प्रभावी पनि हुन्छन् तर त्यस्ता जानकारीलाई पूर्ण रुपमा पालना गर्नुपर्ने हुन्छ ।

नेचुरल साइकल्स नामक संस्थाकी सहसस्थापक डाक्टर एलिना बर्गलुन्ड भन्छिन्: विश्वभरका महिलाहरुले हर्मोन वीहिन गर्भनिरोधक उपायहरुको खोजी गरिरहेका छन् । अध्ययनले के भन्छ भने हामी महिलाहरुका लागि हरेक ठाउँमा गर्भनिरोधको एक विकल्प उपलब्ध गराउन सक्छौँ ।

तर के प्राकृतिक गर्भनिरोध नै अनिच्छित गर्भधारणबाट बच्ने सबैभन्दा राम्रो उपाय हो ? यो निकै महत्वपूर्ण छ । जब महिलाले गर्भनिरोधका बारेमा सोँच्छन् भने भने उनीहरुलाई हर्मोन वीहिन गर्भनिरोधक उपायको प्रयोग नगर्ने भनेर भट्काउन हुँदैन किनकी आइयुडी, कण्डम तथा तथा प्रजनन जागरुकता सधै नै हर्मोनल गर्भनिरोधक भन्दा उत्तम विकल्पको रुपमा रहने गरेका छन् ।

विज्ञहरुका अनुसार हर्मोनल गर्भनिरोधमा साइड इफेक्ट तथा स्वास्थ्यसँग जोडिएका खतराहरुको आशंका रहन्छ ।

अहिले मोबाइल एप्लिकेसनको दुनियामा सयौँ फर्टिलिटी एप्स तथा पिरियड ट्रयाकर रहेका छन् । तर यी सबैमा महिलाको स्वास्थ्य तथा प्रजननको मूल्यांकन गर्ने प्रविधि छैन र धेरैले हचुवाका भरमा प्रजनन सम्बन्धी गलत जानकारी दिइरहेका हुन्छन् । त्यसैले यस्ता गर्भनिरोधक एपमा पूरै विश्वास गर्नेहो भने अनिच्छित गर्भधारण हुने जोखिम रहन्छ ।
बीबीसीको सहयोगमा अनलाईन खवर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ
मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
थाइल्याण्डको सकस : प्रमुख दल बिना नै हुँदै निर्वाचन
थाइल्याण्डको सकस : प्रमुख दल बिना नै हुँदै निर्वाचन
सरकार छाड्लान त उपेन्द्र यादवले ?
सरकार छाड्लान त उपेन्द्र यादवले ?
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)
रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता
रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !

तपाईंले छुटाउनुभयो कि?