मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट

सारांश

  • बिराटनगर ।
  • नेकपा एमाले र माओवादीले मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ सिट र २ सीटमा भागवण्डा गरेका छन् ।
  • प्रदेशसभाका १२ सीटमध्ये दुबै पार्टीले आधा-आधा बाँडेका छन् ।

बिराटनगर । नेकपा एमाले र माओवादीले मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ सिट र २ सीटमा भागवण्डा गरेका छन् । प्रदेशसभाका १२ सीटमध्ये दुबै पार्टीले आधा-आधा बाँडेका छन् ।

आइतबार भएको सहमति अनुसार मोरङको क्षेत्र नम्बर ४ र ५ माओवादीले पाउने भएको छ । क्षेत्र नम्बर १, २, ३ र ६ एमालेको भागमा परेको छ ।

एमालेले क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाललाई टिकट दिएको छ । क्षेत्र नम्बर ६ मा लालबाबु पण्डित कांग्रेस नेता शेखर कोइरालासँग चुनाव लड्दैछन् । क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालसँग कांग्रेस उम्मेदवार मेडिकल सञ्चालक सुनील शर्मा भिड्दैछन् ।

मोरङको क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट माओवादी नेता शिवकुमार मण्डल चुनाव लड्ने भएका छन् । यस क्षेत्रमा कांग्रेसले उम्मेदवार तय गरिसकेको छैन ।

माओवादीले पाएको क्षेत्र नम्बर ४ मा कांग्रेसबाट महेश आचार्य चुनाव लड्दैछन् । यहाँ माओवादीले उम्मदेवार तय गर्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?