म्याग्दीमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
म्याग्दीमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट

सारांश

  • बेनी : म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको छ।
  • बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो।
  • बम बिस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ।

बेनी : म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको छ। बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो।

बम बिस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ। विस्फोटमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बम विस्फोटले सवारी साधनका सिसा फुटेको प्रचार टोलीमा सहभागी तरुण दलका सदस्य सुमन श्रेष्ठले जानकारी दिए।

‘एक मिनेट ढिला बिस्फोट भएको भए ठुलो मानवीय क्षति हुने थियो, संयोगबस हामी बच्यौँ’, उनले भने, ‘निकै माथिबाट तार ल्याएर विस्फोट गराइएको छ।’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले घटनामा कुनै किसिमको क्षति नभएको जानकारी दिइन्।

‘रत्नेचौरमा प्रहरी युनिट र भकुण्डेमा सशस्त्र प्रहरी क्याम्प छ, घटना लगत्तै हामीले सुरक्षा जनशक्ति बढाएका छौँ’, उनले भनिन्, ‘कुन समूहले बिस्फोट गरायो भन्ने विषय खुलेको छैन।’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिने म्याग्दीमा सोही समूहले नै विस्फोट गराएको प्रहरीको अनुमान छ। प्रहरीले चारदिन अघि सो समूहका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। चुनाव प्रचार टोलीमा गर्बुजासहित लोकतान्त्रिक मोर्चाबाट प्रदेश ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल लगायत सहभागि थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मातृ तथा शिशु मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी !
मातृ तथा शिशु मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी !
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा  पुर्‍याउछौँ: मन्त्री बस्नेत
पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउछौँ: मन्त्री बस्नेत
गोपनीयता बिवादमा फेसकबुकलाई अहिलेसम्मकै ठूलो रकम जरिवाना
गोपनीयता बिवादमा फेसकबुकलाई अहिलेसम्मकै ठूलो रकम जरिवाना
नेविसंघको विवादका कारण महासमिति बैठक  अनिश्चित
नेविसंघको विवादका कारण महासमिति बैठक अनिश्चित
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
थारु आयोगको प्रतिवेदन पेस
थारु आयोगको प्रतिवेदन पेस
सडकमा भारतको विरोध गर्न बन्द गर्नुहोस्: महत
सडकमा भारतको विरोध गर्न बन्द गर्नुहोस्: महत
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’

तपाईंले छुटाउनुभयो कि?