जनताको मन जित्न नेपाल प्रहरीले संचालन गर्यो नयाँ अभियान

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,११ कात्तिक।
  • नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको छ।
  • शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आइतबारबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको हो।

काठमाडौं,११ कात्तिक। नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको छ।
शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आइतबारबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको हो। गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा एक समारोहकाबीच कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।

उनले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको जनाए। शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने गृहमन्त्री थापाको भनाइ छ।  कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा दिगो शान्ति स्थापना गर्न सो कार्यक्रम संचालन गर्नु परेको बताए। उनले चार महिनाको गहन अध्ययनपछि संचालन गरिएको सो कार्यक्रमले समाजमा दिगो शान्ति कायम गर्ने विश्वास पनि व्यक्त गरे।

केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ संचालन गरिएको सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरका टोल टोलमा संचालन गरिनेछ। मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गईरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….
मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….
क्वारेन्टाइनमा बसेका एकको मृत्यु
पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने
पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो