शैलेशसँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ दिएकी युवती नै फरार भएपछि…
सारांश
- काठमाडौं, माघ १६ ।
- दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटना बाहिरियो ।
- घटनामा संलग्न भन्दै प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका छन् ।
काठमाडौं, माघ १६ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटना बाहिरियो ।
घटनामा संलग्न भन्दै प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका छन् । तर, प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न दरबारमार्ग वृत्तको मुद्दा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरेको छ ।
छानबिन समितिले दरबारमार्ग वृत्तका इन्चार्ज डिएसपी तिलक भारती र मुद्दा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान शुरु गरेको छ ।
प्रहरी स्रोतका अनुसार माघ ७ गते राति ल्याण्डमार्क होटलमा घटना घटेपछि प्रहरीले युवतीकै सहयोगमा उनका ब्वाईफ्रेन्ड शैलेश कार्कीलाई बोलाएका थिए ।
शैलेशकी आमाले ती युवतीलाई ‘बुहारी बनाउँछु’ भनेपछि दुवै पक्षका परिवारबीच जाहेरी नदिने बरु विवाह गरिदिने सहमति भएको थियो । त्यसबीचमा युवतीले परिवारका सदस्यलाई जाहेरी दिनबाट रोक्नका लागि शैलेससँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ धम्की दिएकी थिइन् ।
त्यतिन्जेल सामुहिक बलात्कारमा संलग्न अन्य तीन जनालाई नियन्त्रणमा लिनेतिर प्रहरीको ध्यानै गएन । युवतीले ‘आत्महत्या गर्न सक्ने’ डर देखाएर इन्सपेक्टर ठकुरीले कार्यालय प्रमुख डिएसपी भारतीलाई मुद्दा नचलाउन आग्रह गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
ठकुरीको आग्रहपछि डिएसपी भारतीले चार पटकसम्म ‘पछि केही समस्या त आउँदैन नि रु’ भन्दै प्रश्न गरे । त्यस्तोमा मुद्दा शाखामा कार्यरत सई चन्द्र भण्डारी र इन्सपेक्टर ठकुरीले जाहेरी नै नभएपछि कसरी समस्या आउँछ भन्दै कन्भिस गरेका थिए ।
‘त्यसपछि ठकुरी आर्थिक बार्गेनिङ गर्न र कागज नबनाई नहुने भन्दै ललितपुरस्थित युवतीको कोठामै पुगेका थिए’ ती जुनियर अधिकृतले भने, ‘युवतीको ब्वाईफ्रेण्डलाई समेत बोलाएर इन्सपेक्टरले झम्सीखेलमै कागज गरेका थिए, तर त्यो काजग अफिसियल थिएन् ।’
तर, सामुहिक बलात्कारमा परेकी युवती फरार भएकी छिन् । आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि सामुहिक बलात्कार भएको थियो ।
महानगरीय प्रहरी वृत बालाजु दरबन्दी भएका प्रहरी निरीक्षक ठकुरीलाई गएको असोजमा महानगरीय प्रहरी प्रमुख जय बहादुर चन्दले कालिमाटी वृत्तमा पठाएका थिए । पछि राजनितीक पावर लगाएर उनी दरबारमार्गको मुद्दा शाखामा आउन सफल भएका थिए ।
प्रतिक्रिया