तोकिएकै समयमा चुनाव हुन्छः प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २, २०७४
|
|
५२ पटक हेरिएको
Shares
तोकिएकै समयमा चुनाव हुन्छः प्रधानमन्त्री देउवा

सारांश

  • २ कातिक, काठमाडौं ।
  • प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० र २१ गते नै हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
  • प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न आयोगलाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

२ कातिक, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० र २१ गते नै हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न आयोगलाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्तहरुसहितको टोलिसँग प्रधानमन्त्री देउवाले चुनावको तयारी सन्तोषजनक रहेको बताएका छन् ।

साथै निर्वाचन आयोगलाई प्रधानमन्त्री देउवाले निर्धक्क भएर निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपाल सरकारले तोकेको निर्वाचन सफलतापूर्वक सम्पन्न बनाउनका लागि आयोगले कार्यतालिका बनाएर काम गरिरहेको बताए ।

भेटमा आयोगका पदाधिकारीहरू र प्रधानमन्त्री देउवाबीच दीपावली तथा छठलगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो ।

भेटमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आयोगका आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
प्रहरी बढुवा प्रकरणमा गृहमन्त्री शर्माले यसो भनेर मुख खोले !
प्रहरी बढुवा प्रकरणमा गृहमन्त्री शर्माले यसो भनेर मुख खोले !
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)
पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
कोरोना परीक्षण गर्ने ल्याब स्थापना
कोरोना परीक्षण गर्ने ल्याब स्थापना