यस्ताे अवस्थामा भेटियाे दुर्घटनाग्रस्त हेलिकोप्टर !
सारांश
- नुवाकोट, २३ भदाै।
- गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युट एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
- दुर्घटनामा हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएको पुष्टि भएको छ ।
नुवाकोट, २३ भदाै। गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युट एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएको पुष्टि भएको छ ।
जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पुष्टि गरे । ऋधिकारी थापाले भने सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि भएको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।
स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो । दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।
प्रतिक्रिया