राजेश हमाल पहिरोको बिचमा अलपत्र !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
राजेश हमाल पहिरोको बिचमा  अलपत्र !

सारांश

  • गुल्मीको एक कार्यक्रममा आइपुगेका महानायक राजेश हमाल सदरमुकाम तम्घास नजिकैैको सुख्खा पहिरोको बिचमा अलपत्र परेका छन् ।
  • तानसेन सड्क खण्डको बिचमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबीचौरको भँगेरीमा सुख्खा पहिरोले सवारी साधान आवत जावत गर्न नसकेपछी नायक हमाल अलपत्र पर्नु परेको हो ।
  • धुर्कोट वडा दशैं मेलाको अन्तिम दिन हमाल पुग्ने कार्यक्रम रहेको छ ।

गुल्मीको एक कार्यक्रममा आइपुगेका महानायक राजेश हमाल सदरमुकाम तम्घास नजिकैैको सुख्खा पहिरोको बिचमा अलपत्र परेका छन् । तानसेन सड्क खण्डको बिचमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबीचौरको भँगेरीमा सुख्खा पहिरोले सवारी साधान आवत जावत गर्न नसकेपछी नायक हमाल अलपत्र पर्नु परेको हो । धुर्कोट वडा दशैं मेलाको अन्तिम दिन हमाल पुग्ने कार्यक्रम रहेको छ ।

अन्य कुनै बिकल्प नभएपछी नायक हमाललाई पहिरोभन्दा माथी आदा घण्टाको उकाले हिडालेर दुबीचौरको घोर्ले सम्म ल्याउने र प्रहरी प्रशासन सहयोगमा धुर्कोट लैजाने तयारी गरिएको छ। उनलाई सदरमुकामबाट कार्यक्रम स्थलमा लैजाने जिम्मा लिएका यसै समाचारदाता सँग टेलिफोन सम्पर्कमा नायक हमालले आफु हिडेर पनि धुर्कोट जान तयार रहेको बताएका छन् । उनि सहित दशैं मान्न आएका सयौं यात्रुहरु हिडेर घोर्ले सम्म आई अर्को गाडी चढने गरेका छन् ।

गत एक साता देखि बेला बेलामा अबरुद्ध र खुल्दै आएको सड्क बुधवार साँझदेखि बिहिवार सम्म ठप्प छ । बिहानैबाट सड्क खुलाउन २ वटा स्काभेटर प्रयोग गरेपनि खुल्ने संकेत देखिएको छैन् ।
सड्क खुलाउन रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन,जिल्ला प्रहरी,ट्राफिक प्रहरी,शसस्त्र प्रहरी लगायत खटिएका छन् । बिहानै देखि सड्क खुलाउन खटेका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले डोजरले सोर्दै र माथीबाट झन ठुलो पहिरो खस्दै छ यसर्थ पनि यति समय पछी सड्क खुल्छ भन्ने अबस्था नरहेको बताए ।

उनले नायक राजेश हमाल देसकै गहना भएकोले जसरी पनि कार्यक्रम स्थल सम्म पु¥याउने पहल भइरहेको जानकारी दिए। रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले सड्क डिभिजन कार्यालयबाट २ वटा डोजर मगाएर धमाधम काम भइरहेको थप पहिरो नझरेमा करिव ३ घण्टा पछी एकतर्फी खुलाउने पहल भइरहेको जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख डोरबहादुर थापाले सिमीचौर रिडी खज्याङ्ग सिमीचौर हुँदै तम्घासको बैकल्पी मार्ग रोज्न यात्रुहरुलाई आग्रह गरेका छन्। उनि एक हप्ता देखि त्यहि सुत्ने बस्ने गरि खटेका छन् । उक्त पहिरोलाई काठमाडौं जाने सड्कको एक समयमा भनिने कृष्ण भिरको संज्ञा दिईएको छ ।

माथीबाट पहाड भासिएपछी ठुलै पहरो सड्कमा आएर बसेको छ । डोजरले निरन्तर माटो फाल्दै छ तर त्यो भन्दा वढी माटो बगेको बगै छ । उक्त सड्कको १ वर्ष पहिले बिस्तार गरिएको थियो । सड्क बिस्ताको क्रममा भौगोलिक अबस्था नहेरी डोजरले कटान गर्दा अहिले ठुलो समस्या झेल्नु परेको स्थानियको गुनासो रहेको छ ।

डोजर चालक दशैं मनाउन घर गएपछी निर्माण व्यावसायी चुराबहादुर खत्री आफै सड्क खुलाउन डोजर चलाई रहेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Unique Oli

    k voto normal ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?