यात्रा नगरकोटको
सारांश
- प्रस्तुती : विजय तिमिल्सिना सय पत्री फूल टिप्दै स्थानीय तास्विर :विजय तिमिल्सिना शनिवार काम हुनेलाई चाड हुन्छ भने काम नहुनेलाई चाँही महाचाड ।
- किनकी काम नहुने म जस्तालाई काम हुनेले ट्रिट दिन्छन।
- यही मौकामा यो शनिवार काठमाडौं बाट उतर पुर्व तर्फको रमणिय स्थल नगरकोटको चर्चित छोटो बाटो भक्तपुर,कलमसी देखी नगरकोटको यात्रामा म लगायत मेरो टोलीको मोटरसाइकल स्टाट भयो ।
प्रस्तुती : विजय तिमिल्सिना
सय पत्री फूल टिप्दै स्थानीय तास्विर :विजय तिमिल्सिना
शनिवार काम हुनेलाई चाड हुन्छ भने काम नहुनेलाई चाँही महाचाड । किनकी काम नहुने म जस्तालाई काम हुनेले ट्रिट दिन्छन। यही मौकामा यो शनिवार काठमाडौं बाट उतर पुर्व तर्फको रमणिय स्थल नगरकोटको चर्चित छोटो बाटो भक्तपुर,कलमसी देखी नगरकोटको यात्रामा म लगायत मेरो टोलीको मोटरसाइकल स्टाट भयो । आन्तरिक तथा बाह्र पर्यटकको गन्तव्य स्थलको रुपमा परीचित नगरकोटको यात्रालाई यादगार बनाउन हामीले केही ड्राईफुडको झोला पनि भिर्यो । दुई वोटा मोटार साइकालमा हामी चार जना सुरज,अर्जुन महेन्द्र र म चावहिल बाट एरपोट ,कोटेश्वर,गट्ठाघर,नयाँ ठिमी,सल्लाघारी,सुर्य विनायक हुँदै कमल विनायक पुग्यौ।
चुचेपाटी देखि गौशाला सम्मको धुले बाटो पार गर्दै गौशला देखी कोटेश्वर अनी कोटेश्वर देखी सुर्यविनायक सम्मको छ लेनको बाटोमा ड्राइभ गर्नुको मज्जा लिदै निकै सुधारियको कमल विनायक बसपार्क आसपासको बढदो वस्ती तथा आधुनिक कन्क्रिटका घरहरुलाई छिचल्दै मुलढोकाको (जहाँ बाट पुरानो र नयाँ बाटो छुटिन्छ ) दोबाटोमा बाइकको ब्रेक लाग्यो । नगरकोट-कलमसी उतर पुर्वी यातायात लेखिएको बोडको फोटो लिदै हाम्रो मोटार्साइकलले कलमसी तर्फको छोटो दुरीको नयाँ बाटो प्रवेष गर्यो । मर्मत गरी सुधारीयको नयाँ बाटो चौडाइको हिसाबले केही साँघुरो भए पनि निकै सहज रुपमा यात्रालाई याक्सिलेटर र गन्तव्यलाई मिठास दीइरहियो ।
भक्तपुर वाल फाँटका भर्खर काटियका धानका मुट्ठा अनी ठोसा र कतै कतै लगाइयका तरकारीवारी हेर्दै,स्याल डाँडोको उकालो घुम्ती पार गर्ने बितिकै सुरु हुने काँठ र काँठका खेत बारीमा लगाइयका पहेलामै तोरी बारीले यात्रामा रोचक्ता थप्यो । बाटै भरी सवारी साधनको चापले नव जोडी अनी साथीभाई र पारिवारिक घुमफिरमा यो बाटोले साँचै थप मनोरञ्जन दियको झल्को दिन्थो । साँचै उपत्यकाका काँठहारु उपत्यका वासीका लागि रमाइलो स्थानको रुपमा बिकास हुँदै आहिरहेका छन । बजार बाट मात्रै ४/५ किलोमिटर भित्रै गाउँको झल्को दिन्छन उपत्यकाका काँठले । यसलाई उपत्यकाको विशेस्ता मान्न सकिन्छ ।

स्याल डाँडो उकालो सकिने बितकै हामी जितपुर पुग्यौ । जीतपुरको चर्चित कुराउनी पसलमा हाम्रो मोटर साइकल रोकियो । तातो तातो कुराउनी चाख्दै देशकै सानो जिल्ला भक्तपुर अनी यो बिस्तारित बाटो र गाउँ हुँदै नगरकोटको चर्चा सुरु भयो । प्रसस्त मोटर साइकल र कारहरुको आवत जावत हुने गरेको यो बाटोले गाउँको मुहार फेरेको झल्को दिन्थ्यो । हामीले गाउँलेको मुहारको चमक अनी यो कालो पिच सडकले दियको खुशीलाई आत्मसाथ गर्दै यात्रालाई निरन्तर्ता दियौ ।

भक्तपुर चाँगुनारायन नगरपालिकामा पर्ने यस स्थानको चर्चित सरस्वतीको मन्दिर महा मन्जुश्री मन्दिर अनी बिचमा बन्दै गरेको बुद्ध धर्मअलम्वीहरुको गुम्बा अबलोकन गर्दै हामी कलमसी पुग्यौ । कमलसी काभ्रे र भक्तपुरको सिमान रहेछ । यता बनेपा,नाला,घिमिरे गाउँ हुँदै हाईकिङ र राइडिङमा आउने आन्तरिक पर्यटक सँगको जम्काभेट तथा जमघत हुने स्थल नै कलमसी पर्छ । मौसम सफा भएको बेलामा उपत्यकाका तिनै जिल्ला र काभ्रेका गाउँहरु देख्न सकिने कलमसी साँचै रमाइलो स्थानको रुपमा बिकास हुँदै छ । यस्को झल्को खुल्दै गरेका ठुला ठुला होटल र केही खाजा घरहरुले दिईरहेका छन । अब कलमसी बाट जम्मा तीन किलोमिटरको यात्रामा हामी नगरकोटको टावर पुग्यौ । पुरानो बाटो र नयाँ बाटो गरे आउने आन्तरिक त्यहाँ बिदेशी पर्यटकको घुइचो लाग्ने उपत्यकाका तिनै जिल्ला र काभ्रेको बोर्डर रमणिय स्थल नगरकोट पुगे पछी कस्को मन हरर नहोलार ।

श्री सरस्वती उच्च मा बि र महा मन्जुश्री मन्दिर,तास्विर :विजय तिमिल्सिना
भक्तपुरबाट जम्मा १८ किलोमिटरको यात्रामा यो बाटो गरी नगरकोट पुग्न सकिन्छ । हामी सँगै नगरकोटको यात्रा गर्ने अरु थुप्रै जोडी अनी साथीभाईको समुहले यो बाटोको मज्जा लिदै यात्रालाई सहज र सुखद बनाउनु नै भयो होला ।
नगरकोट जदै गरेको गाडी र नयाँ बाटो, तस्विर :विजय तिमिल्सिना
प्रतिक्रिया