हनिमुन जान नपाउदै युवती हिरासतमा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
हनिमुन जान नपाउदै युवती हिरासतमा !

सारांश

  • काठमाडौं, १ जेठ ।
  • हनिमुन  जान नपाई एक युवती प्रहरी हिरासतमा पुगेकी छिन् ।
  • विमेन्स् ड्रिम्स ब्यूटी एण्ड मल्टि सर्भिस नामक कम्पनीमा कार्यरत प्रतिभा श्रेष्ठ हिरासतमा पुगेकि हुन ।

काठमाडौं, १ जेठ । हनिमुन  जान नपाई एक युवती प्रहरी हिरासतमा पुगेकी छिन् ।

विमेन्स् ड्रिम्स ब्यूटी एण्ड मल्टि सर्भिस नामक कम्पनीमा कार्यरत प्रतिभा श्रेष्ठ हिरासतमा पुगेकि हुन ।

सो कम्पनीका सञ्चालिका सुधा बस्नेतले युवाहरुलाई अमेरिका लैजाने भन्दै पैसा लिएर ठगी गरेकी थिइन् ।

बस्नेतलाई २ महिनाअघि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको थियो । बैंकिङ कसुर मुद्दा चलाएकोमा धरौटी तिर्न नसकेपछि उनी जेल चलान भइन् । उनले दिएको चेक बाउन्स भएपछि सो मुद्दा चलेको थियो ।

त्यसपछि उनीविरुद्ध काठमाडौं परिसरमा ठगीको अर्काे उजुरी प¥यो । सो उजुरीमा प्रहरीले फेरी अनुसन्धान गरेको छ । ठगीको मुद्दामा प्रतिभा पनि पक्राउ परेकी हुन् । कतिपय पैसा उनले नै लिएको र चेकमा उनको समेत हस्ताक्षर भएकाले उनी पक्राउ परेकी हुन् ।

बैशाखको पहिलो साता मात्र उनले बिहे गरेकी हुन् । बिहे गरेर हनिमुन जान नपाउँदै उनी प्रहरी हिरासतमा पुगेकी छिन् ।

सुधाले आफ्नो् संस्थामार्फत अमेरिका पठाउने भन्दै ३० लाख भन्दा धेरै पैसा असुलेकी थिइन् । तर, अमेरिका पठाउन सकिनन् । पैसा पनि फिर्ता गर्न नसकेपछि उनी पक्राउ परेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?