कांग्रेसले बल्ल चुनावको समीक्षा गर्दै, आजदेखि केन्द्रीय वैठक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेसले बल्ल चुनावको समीक्षा गर्दै, आजदेखि केन्द्रीय वैठक

सारांश

  • काठमाडौं, ९ चैत- आजदेखि नेपाली कांग्रेसको वैठक बस्दैछ ।
  • निर्वाचनपछिको पहिलो वैठक करिब तीन महिनापछि बस्न लागेको हो ।
  • मंसिरमा सकिएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा हार व्यहोरेको कांग्रेसले बल्ल आज समीक्षा गर्दैछ ।

काठमाडौं, ९ चैत- आजदेखि नेपाली कांग्रेसको वैठक बस्दैछ । निर्वाचनपछिको पहिलो वैठक करिब तीन महिनापछि बस्न लागेको हो । मंसिरमा सकिएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा हार व्यहोरेको कांग्रेसले बल्ल आज समीक्षा गर्दैछ ।

आजको वैठकमा चुनावी समीक्षामा केन्द्रित हुने कांग्रेसका नेताले जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई चाहेजति बोल्न दिने तयारी रहेको बताइएको छ । कांग्रेभित्र अद्दि देखि नै दुई गुटमा संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक हुने देखिएको छ ।

चुनावमा कुन नेताले कति बढाए वा घात गरे भन्ने विषयमा छलफल हुँदैछ । पौडेल पक्ष आक्रामक र संस्थापन रक्षात्मक देखिँदै आएको छ ।

तेस्रो गुट मानिने सिटौला पक्ष आफ्नो धार बलियो बनाउने अभियानमा जुटेको देखिन्छ । दुई पक्षको विवाद बीचमा घुसेर आफ्नो गुटमा माहोल बनाउने रणनीतिमा सिटौला पक्षको रणनीति रहेको एक नेताले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?