युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १२, २०८१
|
|
१४ पटक हेरिएको
Shares
युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

सारांश

  • काठमाडौं।
  • युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सम्पन्न भएको छ।
  • जर्मनीको कोल्नमा इङ्ल्याण्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन ।

काठमाडौं। युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सम्पन्न भएको छ।

जर्मनीको कोल्नमा इङ्ल्याण्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इङ्ल्याण्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ।

डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन्। दुवै टोलीको समान ३-३ अंक र गोल भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो। स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ।

यसअघि समूह डी मा अष्ट्रियाले नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्दै समूह विजेता बनेको थियो। अन्तिम खेलमा फ्रान्स पोल्यान्डसँग १-१ को बराबरीका साथ समूह उपविजेता बन्दा नेदरल्यान्ड्सले पनि अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट पोल्यान्ड बाहिरिसकेको थियो।

हालसम्म अन्तिम १६ मा डेनमार्क र जर्मनी तथा स्विटजरल्यान्ड र इटालीले एक अर्कासँग खेल्ने पक्का भइसकेको छ। समूह ई र एफमा भने अन्तिम चरणको खेल बाँकी छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bestiptvireland

    I just could not leave your web site before suggesting that I really enjoyed the standard information a person supply to your visitors Is gonna be again steadily in order to check up on new posts

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व दूध दिवश नेपालमा पनि सम्पन्न…
विश्व दूध दिवश नेपालमा पनि सम्पन्न…
११ महिनामा १० लाख पर्यटक नेपाल आए, अब ‘स्याटेलाइट एकाउन्ट’
११ महिनामा १० लाख पर्यटक नेपाल आए, अब ‘स्याटेलाइट एकाउन्ट’
ठमेल र दरबारमार्ग रातभरी खोल्न अनुमति
ठमेल र दरबारमार्ग रातभरी खोल्न अनुमति
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)

तपाईंले छुटाउनुभयो कि?