युवा संघ र वाइसिएलले शुरु गरे एकीकरणको प्रक्रिया

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
२० पटक हेरिएको
Shares
युवा संघ र वाइसिएलले शुरु गरे एकीकरणको प्रक्रिया

सारांश

  • काठमाडौं, २५ जेठ- दुई पार्टीको एकीकरणसँगै भातृ संगठनहरु पनि एकीकरण हुने प्रक्रिया अघि बढेको छ ।
  • एकीकरणका लागि तत्कालीन एमालेको भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको एकता कार्यदलको बैठक बसेको छ ।
  • बिहिबार साँझ नेकपाको कार्यालय पेरिसडाँडामा बसेको वैठकले विधान तथा संगठनको संरचना प्रस्ताव गरेको छ ।

काठमाडौं, २५ जेठ- दुई पार्टीको एकीकरणसँगै भातृ संगठनहरु पनि एकीकरण हुने प्रक्रिया अघि बढेको छ । एकीकरणका लागि तत्कालीन एमालेको भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको एकता कार्यदलको बैठक बसेको छ ।

बिहिबार साँझ नेकपाको कार्यालय पेरिसडाँडामा बसेको वैठकले विधान तथा संगठनको संरचना प्रस्ताव गरेको छ । कार्यदलममा युवा संघ र वाइसिएल नेपालका ईन्चार्ज र अध्यक्षहरु क्रमश महेन्द्र पाण्डे , मणि थापा, रमेशकुमार पौडेल र रामप्रसाद सापकोटा दीपशिखा सदस्य रहेका छन् ।

दुवै संगठनका महासचिवहरु क्रमश नरेश शाही र सुवोध श्रीपाली, सचिवहरु युवा संघबाट वचन सिंह र रमेश आचार्य, वाइसिएलबाट ज्ञानेन्द्र गुरुङ रहेको समिति गठन भएको छ । त्यसैगरी जेठ ३० गते बिहान युवा संघ र दिउसो वाइसिएलको छुट्टाछुट्टै बैठक हुनेछ । दुईवटै बैठकलाई दुवै संगठनका ईन्चार्ज कमरेडहरुले सम्बोधन गर्नेछन् भने ३१ गते सयुक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट शुरु हुनेछ ।

त्यस्तै बैठकले अब बन्ने केन्द्रीय समितिका लागि तयारी गर्न अध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । बैठकले संगठनहरुको एकता छिटो टुंगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?