सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ

सारांश

  • काठमाडौं, १५ असार।
  • बैंकिङ कसुर मुद्दामा प्रहरीले सामुदायिक लघुवित्त वित्तिय संस्थाका सञ्चालक र सिइओलाई पक्राउ गरेको छ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कम्पनीका अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की तथा तत्कालिन सिइओ स्वयम्भुराम जोशीलाई बिहिबार पक्राउ गरेको हो।

काठमाडौं, १५ असार। बैंकिङ कसुर मुद्दामा प्रहरीले सामुदायिक लघुवित्त वित्तिय संस्थाका सञ्चालक र सिइओलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कम्पनीका अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की तथा तत्कालिन सिइओ स्वयम्भुराम जोशीलाई बिहिबार पक्राउ गरेको हो।

काभ्रेको साँगामा कार्यालय रहेको सो संस्थाका तत्कालिन सिइओ जोशीले संस्थाबाट नेपाल महिना उत्थान केन्द्रलाई आधिकारीक निकायको स्वीकृत बिना नै २ करोड ५० लाख रुपैयाँ रकम दिएका थिए।

त्यस्तै, जोशीले राष्ट्र बैंकको नीति निर्देशनविपरीत ७ लाख ४४ हजार रुपैयाँ भुक्तानी लिएका थिए। त्यस्तै स्वयम्भूराम जोशीलाई अवैध रुपमा सञ्चालकमा नियुक्त गरिएको थियो।
राष्ट्र बैंकले प्रारम्भिक अनुसन्धान गरेपछि कारबाहीका लागि सिआइबीलाई पत्राचार गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?