सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७८
|
|
२९ पटक हेरिएको
Shares
सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

सारांश

  • काठमाडौं, इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
  • आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्यो।
  • सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे।

काठमाडौं, इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्यो।
सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे। सिटीका रक्षक एमरिक लापोर्टाले आत्माघाती गोल गरेका थिए। अर्काे खेलमा लिभरपुलले नथिङघम फरेस्टलाई १–० ले पराजित गर्‍याे । लिभरपुलको जितमा डिएगो जोटाले ७८औं मिनेटमा निर्णायक गोल गरे।
अर्काे खेलमा क्रिस्टल प्यालेसले एभर्टनमाथि ४-० अन्तरको सहज जित निकाल्यो ।प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गरे।
योसँगै एफए कपको सेमिफाइनलको समिकरण पुरा भएको छ । सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ। [image: FOUnuLxXsAYKfLu1647827152.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?