सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २५, २०७७
|
|
२० पटक हेरिएको
Shares
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा

सारांश

  • काठमाडौं, २५ असार ।
  • देशका विभिन्न भू भागमा बाढीले खतरा बढाएको छ ।
  • कतिपय नदी तटीय क्षेत्रमा जोखिम बढेको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २५ असार । देशका विभिन्न भू भागमा बाढीले खतरा बढाएको छ । कतिपय नदी तटीय क्षेत्रमा जोखिम बढेको गृह मन्त्रालयले जनाएको छ ।

सुनकोशी नदीका कतिपय क्षेत्रमा अलर्ट गरिएको छ । टोक्सेलघात, ओखलढुङ्गा जलसतह सतर्कता नजिक पुगेको छ । विहानबाट थप बढेको जनाइएको छ ।

माथिल्लो तटीय क्षेत्र सुनकोशी खुर्कोटमा जलसतह उच्च बिन्दुमा पुगेर घट्न थालेकाले बहाब सतर्कता आसपास नै रहने वा पार गर्न सक्ने नेपाल बढी सुचना केन्द्रले जानकारी दिएको छ ।

यसैगरी कास्कीमा पनि खोलामा बाढीको खतरा रहेको भन्दै सतर्क रहन भनिएको छ । पोखरा, लुम्लेलगायत धेरै स्थान, लमजुङ, पर्वत, बागलुङ र आसपास भारी वर्षा मापन र थप वर्षा हुने सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन सुचना जारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?