सुरक्ष कारबाहीमा ३१ जना बोको हराम लडाकुको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ४, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सुरक्ष कारबाहीमा ३१ जना बोको हराम लडाकुको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • अफ्रिकी मुलुक नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा केही दिनयता जारी सुरक्षा कारवाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ ।
  • त्यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् ।

काठमाडौँ । अफ्रिकी मुलुक नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा केही दिनयता जारी सुरक्षा कारवाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् ।

ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारवाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।

नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकुहरुमाथि कारवाही गरेका हुन् । सो कारवाहीका क्रममा अरु ७० जना लडाकु पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार मुलुकको उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा त्यहाँका सम्पूर्ण सुरक्षा निकायले कारवाही प्रक्रियालाई अघि बढाएको बताइएको हो ।

यसक्रममा बोको हरामका केही लडाकु घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नामक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?