काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित

सारांश

  • काठमाडौँ ।
  • विश्वभर कोरोना भाइरसको महामारी पछिल्ला दिनमा झन् तिब्र बन्दै गएको छ ।
  • पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ५ सय १५ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारी पछिल्ला दिनमा झन् तिब्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ५ सय १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा ६६ हजार ७ सय ६६ जना मानिस संक्रमित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ७ सय ४० पुगेको छ । जसमध्ये ३० हजार ८ सय ७९ जना संक्रमितको ज्यान गइसकेको छ भने १ लाख ४२ हजार १ सय ८३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । २० हजार ३ सय ५१ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

इटलीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । हालसम्म इटलीमा १० हजार २३ जनाको ज्यान गएको छ भने ९२ हजार ४ सय ७२ जना मानिस संक्रमित भएका छन् ।

आइतबार बिहान (नेपाली समय अनुसार) सम्म सबैभन्दा धेरै मानिस अमेरिकामा संक्रमित भएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १९ हजार ४ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २३ हजार ५७ पुगेको छ । जसमध्ये २ हजार २ सय २१ जना मानिसको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा इटलीमा सबैभन्दा धेरै ८८९, स्पेनमा ८४४, अमेरिकामा ५२५, फ्रान्समा ५१९, यूकेमा २६०, इरान १३९, नेदरल्याण्डमा ९५, जर्मनी ८२ र बेल्जियम ६४ जनाको ज्यान गएको छ । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत
डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
ललितपुरमा बर्डफ्लु भेटिएपछि ४४ सय हाँस, कुखुरा मारिए
ललितपुरमा बर्डफ्लु भेटिएपछि ४४ सय हाँस, कुखुरा मारिए
सकसमा ठूला दलहरू
सकसमा ठूला दलहरू
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !