थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गर्ने प्राधिकरण निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०८१
|
|
२६ पटक हेरिएको
Shares
थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गर्ने प्राधिकरण निर्णय

सारांश

  • काठमाडौं।
  • उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।
  • थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो।

काठमाडौं। उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।

थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो। करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ। नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ।

सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिए।

“विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउछ”, उनले भने, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो। अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ। जिएसए पनि रद्द भएको छ।”

विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौंबाट आजै यात्रुलिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ।थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।

प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो। अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो।

प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ। थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनःउडान सुरु गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी महानिरीक्षक युएइ प्रस्थान
प्रहरी महानिरीक्षक युएइ प्रस्थान
नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला
नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
कोशी प्रदेशमा सार्बजनिक बिदा
कोशी प्रदेशमा सार्बजनिक बिदा
ओम्याक्स चलचित्र हलमा आगलागी, करोडौँको क्षति !
ओम्याक्स चलचित्र हलमा आगलागी, करोडौँको क्षति !
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
नेपाल-भारत विद्युत् व्यापारमा फड्को: तीन प्रसारण लाइन एकैपटक सञ्चालन
नेपाल-भारत विद्युत् व्यापारमा फड्को: तीन प्रसारण लाइन एकैपटक सञ्चालन
राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट
राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट
सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन

तपाईंले छुटाउनुभयो कि?