निर्मलाका बुवाकाे अवस्थाबारे यसाे भन्छन् डाक्टर

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
निर्मलाका बुवाकाे अवस्थाबारे यसाे भन्छन् डाक्टर

सारांश

  • काठमाडौँ, १० मंसिर ।
  •    स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याइएका निर्मला पन्तका बुवा यज्ञराज पन्तमा तनावको असर देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
  • बाहिर आए जस्तो मानसिक समस्या नरहेको तर पन्तमा तनावका कारण केही असर देखिएको त्रिवि शिक्षण अस्पतालको मानसिक रोग विभागका डा सरोज ओझाले  जानकारी दिए ।

काठमाडौँ, १० मंसिर ।   स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याइएका निर्मला पन्तका बुवा यज्ञराज पन्तमा तनावको असर देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । बाहिर आए जस्तो मानसिक समस्या नरहेको तर पन्तमा तनावका कारण केही असर देखिएको त्रिवि शिक्षण अस्पतालको मानसिक रोग विभागका डा सरोज ओझाले  जानकारी दिए ।

उनले भने, ‘अहिले नै के भएको हो र अवस्था के छ भन्ने बारे केही भन्न सक्दैनौँ । प्राथमिक रुपमा तत्कालका लागि मेडिसिन विभागले हेरेको र त्यहाँ फिजियोलोजिकल अवस्थाको पूर्ण परीक्षण भएर रिपोर्टहरु आएपछि हामीले उहाँको अवस्था निरीक्षण गर्नेछौँ । तर अहिलेलाई के चाहिँ भन्न सकिन्छ भने उहाँमा तनावको असर देखिएको छ ।’ तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि अहिले अवस्था सामान्य रहेको र आफूहरुले मेडिसिन विभागसँगको सहकार्यमा काम गरिरहेको डा ओझाले बताए ।

डा ओझाले भने, ‘हामी परीक्षणकै क्रममा छौँ । अवस्था नियाली रहेका छौँ । चाँडै नै अवस्था के हो ? भन्ने थाहा लाग्छ ।’ बलात्कारपछि हत्या भएकी १३ वर्षकी छोरी निर्मलाको न्यायका लागि अनशनमा बसेका यज्ञराजले केही असामान्य व्यवहार देखाएको तथा स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनलाई त्रिवि अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
ओली-प्रचण्ड समुह आ-आफ्नो तयारीमा, वार कि पारको अन्तिम कसरत
ओली-प्रचण्ड समुह आ-आफ्नो तयारीमा, वार कि पारको अन्तिम कसरत
हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु
हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख (पूर्णपाठ)
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख (पूर्णपाठ)
डोल्पाका गुम्बामा चोरीको त्रास
डोल्पाका गुम्बामा चोरीको त्रास
यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ
यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ