किन गएनन् देउवा पौडेलको चियापानमा?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
किन गएनन् देउवा पौडेलको चियापानमा?

सारांश

  • काठमाडौं, १५ फागुन – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरु सहभागी भएनन् ।
  • निर्वाचित सांसदहरुको सम्मानमा पौडेलले सोमबार दिउँसो आफ्नै निवासमा आयोजना गरेको कार्यक्रममा सभापति देउवासहितका नेताहरु अनुपस्थित भएका हुन्।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, १५ फागुन – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरु सहभागी भएनन् । निर्वाचित सांसदहरुको सम्मानमा पौडेलले सोमबार दिउँसो आफ्नै निवासमा आयोजना गरेको कार्यक्रममा सभापति देउवासहितका नेताहरु अनुपस्थित भएका हुन्। आजको नागरिक दैनिकमा खबर छ ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौला निकट मानिएका गगनकुमार थापा, भीमसेनदास प्रधान, धना खतिवडासहितका नेताहरु भने उपस्थित थिए । त्यस्तै, नेता खुमबहादुर खड्कासँग नजिक मानिएका देवेन्द्रराज कँडेल, पुष्पा भुसालसहितका नेताहरु उपस्थित कार्यक्रममा नेता विजयकुमार गच्छदार, बालकृष्ण खाँणसहित देउवा पक्षका अन्य नेता सहभागी भएनन् । गच्छदार र खाँणले उपत्यकाबाहिर भएकाले आउन नसकेको जानकारी गराए पनि सभापति देउवासहितका अन्य नेताले कुनै जानकारी गराएनन्।

‘पार्टी सभापतिसहित संघीय संसद्मा पार्टीकातर्फका निर्वाचित सबै सांसदलाई आमन्त्रण गरिएको थियो,’ पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले भने, ‘४०÷४५ नेता (सांसद) हरु आउनुभए पनि सभापति भने आउनु भएन ।’पौडेलले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुने गरेका सभापति देउवाविरुद्ध आइतबारको केन्द्रीय समितिमा उनले विभिन्न आरोप लगाएका थिए । त्यसप्रति देउवा असन्तुष्ट छन् ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    JN Marasini

    मनमा तुस भयपछी एस्तै हो

    Comment Author

    Prabhat Manandhar

    रिस खा आफु, वुद्धि खा अरु भनेको यहि देउवा जि………

    Comment Author

    Prabhat Manandhar

    रिस खा आफु, वुद्धि खा अरु भनेको यहि हो देउवा ज्यु…

    Comment Author

    Purna Bahadur Gurung

    If your party is for betterment of the country, why do you keep such a head of your party who is totally good for nothing except goondaism?

    Comment Author

    Dawa Sherpa

    poudel le padkau cha ki vanerra hollani

    Comment Author

    Ananda Bajracharya

    यो जँड्याह झ्वाम पार्टी भए पो जान्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?