प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
३४ पटक हेरिएको
Shares
प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

सारांश

  • सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ ।
  • पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।
  • उहाँले चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुङगो लगाउने बताउनुभयो ।

सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।

उहाँले चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुङगो लगाउने बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।

प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ ।

नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था रहेको छ । प्रदेश प्रमुख राजनीतिक नियुक्त गर्ने व्यवस्था कानूनमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?