रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
४१ पटक हेरिएको
Shares
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई

सारांश

  • काठमाडौं ।
  • पूर्वप्रधानमन्त्री डा।
  • बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उनले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।

उच्च शिक्षा अध्ययनका क्रममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिने गरेको चर्चा गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गरी युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नेतर्फ राज्य र शिक्षण संस्थाहरूको पनि ध्यान जान आवश्यक छ । उनले हाम्रा विद्यार्थी विदेश जानबाट रोक्नका लागि स्वदेशमै सूचना प्रविधिमा आधारित भई प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षा उपलब्ध गराउन सक्नुपर्ने बताए ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संस्थागत र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनेतर्फ नगरपालिकाको ध्यान गएको बताए । क्याम्पस प्रमुख डा राजेन्द्रसिंह केसीले बजारको मागअनुसार समयसान्दर्भिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शिक्षणसंस्थाको ध्यान जानुपर्नेमा जोड दिए ।

बसुन्धारास्थित सो क्याम्पस हाताभित्र सञ्चालित विज्ञान प्रदशर्नी भोलिसम्म चल्ने सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल
नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले  ओलीलाई देखाएकाे शक्ति
विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले ओलीलाई देखाएकाे शक्ति
फेरि राज्यकोषबाट आसेपासेलाई ८ करोड बाँड्ने तयारी
फेरि राज्यकोषबाट आसेपासेलाई ८ करोड बाँड्ने तयारी
युक्रेनबाट भारतले नेपालीको पनि उद्दार गर्ने
युक्रेनबाट भारतले नेपालीको पनि उद्दार गर्ने
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन