स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई उपचार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई उपचार

सारांश

  • सप्तरी, १५ फागुन, प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५०० भन्दा बढीलाई उपचार गरिएको छ ।
  • स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन एवं भीमदल गण भलुवाही ब्यारेक, राजविराजद्वारा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
  • सो शिविरमा भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ डा प्रकाशराज न्यौपानेसहित १६ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको बताइएको छ ।

सप्तरी, १५ फागुन, प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५०० भन्दा बढीलाई उपचार गरिएको छ ।

स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन एवं भीमदल गण भलुवाही ब्यारेक, राजविराजद्वारा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

सो शिविरमा भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ डा प्रकाशराज न्यौपानेसहित १६ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको बताइएको छ । श्री नम्वर २७ फिए र श्री नम्बर २८ फिएका डाक्टर दुईजनासहित नर्सिङ अर्दली–६ गरी आठजनाको टोलीले स्त्रीरोग तथा पाठेघरसम्बन्धी क्यान्सर र पुरुषको मुख तथा अन्य क्यान्सरसम्बन्धी निःशुल्क उपचार तथा औषधि वितरण गरिएको छ ।

उक्त शिविरबाट २३३ जना पुरुष र ३३९ जना महिलालाई सेवा लिएको भीमदल गण, भलुवाही ब्यारेकले जनाएको छ ।

अवैध मदिरा नष्ट

यसैबीच, प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका– १० बाट अवैध मदिरा बरामद गरेको आज बताइएको छ ।

सप्तरीको प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले स्थानीय गुनेलाल मलाह र धडकन मलाहको घरबाट अवैध तयारी घरेलु मदिरा २५० लिटर र मदिरा बनाउनमा प्रयोग हुने कच्चा पदार्थ २५ ड्रम बरामद गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

यता बरामद गरिएको अवैध मदिरा र त्यसमा प्रयोग हुने पदार्थ स्थानीय भद्रभलादमीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो  मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
गुन्डाहरुको लिस्ट तयार भइरहेकाे छ: गृहमन्त्री थापा
गुन्डाहरुको लिस्ट तयार भइरहेकाे छ: गृहमन्त्री थापा
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
एनसेल र एक्जियटाबाट लाभकर असुल्न सर्वोच्चको परमादेश
एनसेल र एक्जियटाबाट लाभकर असुल्न सर्वोच्चको परमादेश
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
अज्ञात रोगले थलिनुभएकी अरुणा श्रेष्ठको अपिल
अज्ञात रोगले थलिनुभएकी अरुणा श्रेष्ठको अपिल
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी
महोत्तरीमा चिसोले जनजीवन प्रभावित
महोत्तरीमा चिसोले जनजीवन प्रभावित
अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ;गृहमन्त्री थापा
अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ;गृहमन्त्री थापा