फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
४९ पटक हेरिएको
Shares
फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

सारांश

  • पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ ।
  • नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ८०० ले वृद्धि भई प्रतितोला रु ७३ हजार ४०० कायम भएको छ ।
  • बुधबार छापावाल सुन प्रतितोला रु ७२ हजार ६०० मा कारोवार भएको थियो ।

पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ८०० ले वृद्धि भई प्रतितोला रु ७३ हजार ४०० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु ७२ हजार ६०० मा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ८०० का दरले बढेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० कायम भएको छ । यसअघि तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार ३०० पुगेकोे थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ८९५ पुगेको छ । बुधबार चाँदी प्रतितोला रु ८८० मा खरीद बिक्री भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो । गत साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो । भदौ महीना लागेपछि पनिसुनको मूल्य लगातार बढिरहेकोे छ । साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोवार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५४२।७५ अमेरिकी डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि बढदै आएको छ । चीन–अमेरिका व्यापार टकराव तथा इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ । सुनको मूल्यमा उतारचढाव देखिएपछि खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
सात वर्षसम्म कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता
सात वर्षसम्म कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता
साफ फुटबल बंगलादेशमा हुने
साफ फुटबल बंगलादेशमा हुने
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
हसिनाद्वारा बिहीबार राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई आग्रह
हसिनाद्वारा बिहीबार राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई आग्रह
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह