मन्त्रीहरु चढ्न थाले विद्युतीय कार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मन्त्रीहरु चढ्न थाले विद्युतीय कार

सारांश

  • काठमाडौं ।
  • नेपालमा विद्युतीय कारको माग विस्तारै बढ्न थालेको छ ।
  • वातावरण प्रदुषित भैरहेका बेला विद्युतीय कार चढ्नेहरु पनि बढ्न थालेका हुन् ।

काठमाडौं । नेपालमा विद्युतीय कारको माग विस्तारै बढ्न थालेको छ । वातावरण प्रदुषित भैरहेका बेला विद्युतीय कार चढ्नेहरु पनि बढ्न थालेका हुन् ।

यससँगै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरिद भएको छ । प्रदेश ३ को सरकारले मुख्यमन्त्रीका लागि पहिलोपटक विद्युतीय कार खरिद गरेको हो । चीनमा बनेको बिवाइडी कम्पनीको कार २ घण्टा चार्ज गरेपछि ४ सय किमीसम्म गुड्नेछ । कार ३१७ भोल्ट क्षमताको रहेको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले छिट्टै चीनबाट २५ वटा सार्वजनिक यातायातका विद्युतीय बस पनि खरीद गर्ने प्रक्रिया चलाएको बताएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधन चलाउन प्राथमिकता दिने योजना ल्याएको छ ।

विद्युतीय कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत गरेमात्र पुग्ने बताइएको छ । पेट्रोल, डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको बताइएको छ । मुख्यमन्त्रीका लागि खरिद गरिएको कारको मूल्य ५५ लाख रुपैयाँ रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
निगम थप संकटमा दुई महिना नकट्दै वाइड बडी विमान बिग्रियो
निगम थप संकटमा दुई महिना नकट्दै वाइड बडी विमान बिग्रियो
प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुखले भेटे दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई
सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
ओमानमा २१ हजार नेपाली श्रमिक
ओमानमा २१ हजार नेपाली श्रमिक
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
​मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
​मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
सभापति देउवा भन्छन् : लोकतान्त्रिक ब्यवस्था मै स्वतन्त्र प्रेस संभव हुन्छ
सभापति देउवा भन्छन् : लोकतान्त्रिक ब्यवस्था मै स्वतन्त्र प्रेस संभव हुन्छ
प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी
प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी

तपाईंले छुटाउनुभयो कि?