विश्वकप क्रिकेटः अमेरिकालाई हराउँदै भारत ‘सुपर आठ’मा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०८१
|
|
५१ पटक हेरिएको
Shares
विश्वकप क्रिकेटः अमेरिकालाई हराउँदै भारत ‘सुपर आठ’मा

सारांश

  • काठमाडौं।
  • टी-२० विश्वकपको समूह ‘ए’ को खेलमा अमेरिकालाई सात विकेटले पराजित गर्दै भारत ‘सुपर आठ’मा प्रवेश गरेको छ।
  • पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा आठ विकेट गुमाएर ११० रन बनाएको थियो।

काठमाडौं। टी-२० विश्वकपको समूह ‘ए’ को खेलमा अमेरिकालाई सात विकेटले पराजित गर्दै भारत ‘सुपर आठ’मा प्रवेश गरेको छ। पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा आठ विकेट गुमाएर ११० रन बनाएको थियो।

जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली बनेको छ। जारी प्रतियोगितामा भने भारत सुपर आठमा पुग्ने तेस्रो टोली हो। यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम खेल अगावै सुपर आठमा स्थान बनाइसकेका छन्।

न्युयोर्कस्थित नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा भारतले उक्त लक्ष्य १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो।

भारतको जितमा सुर्यकुमार यादवले सानदार अविजित अर्धशतकीय इनिङ खेले । ५० रन बनाएर अविजित रहँदा उनलाई शिवंम दुवेले ३१ रन बनाएर साथ दिए। त्यसअघि ऋषभ पन्तले १८ रन बनाएका थिए। ओपनरद्वय रोहित शर्मा ३ रन र विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए।

पहिले ब्याटिङ गरेको अमेरिकाका लागि स्टेभन टेलरले २४ रन बनाउँदा नितिश कुमारले २७ रन बनाए। त्यस्तै कोरी एन्डरसनले १५ रन बनाउँदा हर्मित सिंहले १० रन बनाउँदा कप्तान एरोन जोनेस र स्याड्ली भान साल्यक्यले ११ रन बनाए।

भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिँदा हार्दिक पाण्ड्याले २ विकेट हात पारे। त्यस्तै अक्षर पटेलका नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रृंखला खतिवडाले चढिन् यूरोपकै अग्लो हिमाल
श्रृंखला खतिवडाले चढिन् यूरोपकै अग्लो हिमाल
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने
आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
नेपालका कम्युनिस्टहरुको फुट र जुटको  नालीबेली,कहिले क-कसले गरे झेली?
नेपालका कम्युनिस्टहरुको फुट र जुटको नालीबेली,कहिले क-कसले गरे झेली?
दाउन्ने बस दुर्घटनामा पर्ने घाइतेमध्ये तीनको मृत्यु
चिकिस्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ
चिकिस्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ