शहीद पार्कमा पुगे प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
शहीद पार्कमा पुगे प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौं, माघ १६ ।
  •  शहीद पार्कमा पुगी प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
  • काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

काठमाडौं, माघ १६ । शहीद पार्कमा पुगी प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले आज विभिन्न कार्यक्रकको आयोजना गरेको छ ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको सहभागिता रहेको थियो । शहीद सप्ताहअन्तर्गत माघ १० गते बिहान ८ बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो ।

त्यस्तै, माघ १३ गते बिहान सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो ।

आज शहीद दिवशका दिन बिहान ८ बजे शान्तिबाटिका रत्नपार्कबाट प्रभातफेरि शुरु गरी प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।

विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको सम्झनामा आज शहिद दिवस मनाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
सप्तकोशी अस्पतालको डम्पिङ साइटमा मृत शिशु फेला
सप्तकोशी अस्पतालको डम्पिङ साइटमा मृत शिशु फेला
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
सामाजिक सञ्जालको नियमन गर्ने १९ प्रकारका प्रतिबन्ध यस्ता छन्
सामाजिक सञ्जालको नियमन गर्ने १९ प्रकारका प्रतिबन्ध यस्ता छन्
गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ: अध्यक्ष ओली
गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ: अध्यक्ष ओली
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप
१११ मेगावाटको रसुवागढी परीक्षणको चरणमा
१११ मेगावाटको रसुवागढी परीक्षणको चरणमा
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने

तपाईंले छुटाउनुभयो कि?