लघुवित्तकी कर्मचारीको हत्यामा संलग्न पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
४२ पटक हेरिएको
Shares
लघुवित्तकी कर्मचारीको हत्यामा संलग्न पक्राउ

सारांश

  • पाँचथर ।
  • गत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् ।

पाँचथर । गत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् ।प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई बिहीबार अपराह्न जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको हो । लावतीको साथबाट तामाङबाट लुटिएको रु ८१ हजार ७० नगद तथा तामाङको हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उनले बताए ।हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा रहेका एनएमबी माइक्रोफाइनान्सका दुई वटा समूहको बैठक सम्पन्न गरेर मेची राजमार्गमा रहेको जोरपोखरी बजार फर्कँदै गरेकी सोही संस्थाकी प्रशिक्षार्थी कामदार तामाङको मङ्गलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो ।प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक सम्पन्न गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जङ्गलको सिद्धे खोल्सामा हत्या भएको थियो । घटनास्थल घना जङ्गलको बीचमा रहेका कारण आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाको भनाइ छ । तामाङ इलामको माईजोगमाई गाँउपालिका–२ घर भई विगत छ महिनादेखि उक्त लघुवित्तमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा
दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा
विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार छान्दा एमाले वैठकमा कसले के भने?
मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
कुलमान सहित सञ्चालक समितिका पूर्व पदाधिकारीलाई ९ अर्ब घोटलामा कारवाही गर्न लेखा समितिको सिफारिस
कुलमान सहित सञ्चालक समितिका पूर्व पदाधिकारीलाई ९ अर्ब घोटलामा कारवाही गर्न लेखा समितिको सिफारिस
गहुँको उन्नत बीउ अनुदानमा
गहुँको उन्नत बीउ अनुदानमा
देउवा–पौडेल भित्र लफडा: पौडेल–सिटौलाको चक्रपथमा छुट्टै भेला
रोटर्याक डाउन टाउन दारा साक्षरता अभियानको सुभारम्भ !
रोटर्याक डाउन टाउन दारा साक्षरता अभियानको सुभारम्भ !
चुनावलाइ लक्षित गरेर कांग्रेसका बिरुद्ध यसरी लागे मोदी!
चुनावलाइ लक्षित गरेर कांग्रेसका बिरुद्ध यसरी लागे मोदी!
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ