आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
सारांश
- काठमाडाै, २२ फागुन ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा संबाेधन गरेका छन ।
- संबोधन गर्दै प्रचण्डले राजनीतिक दलहरु विगतका त्रुटी सच्याएर अघि बढ्न तयार हुनुपर्ने बताएका छन ।
काठमाडाै, २२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा संबाेधन गरेका छन ।
संबोधन गर्दै प्रचण्डले राजनीतिक दलहरु विगतका त्रुटी सच्याएर अघि बढ्न तयार हुनुपर्ने बताएका छन ।
‘अब त्रुटी सच्याउन राजनीतिक दलहरु तयार हुनुपर्छ, राष्ट्र र जनताका निम्ति जस्तोसुकै तपस्या र त्याग गर्न तयार हुनुपर्छ’ उनले भने ‘हिजोजस्तो बेथितिका लागि प्रतिस्पर्धा गर्ने, हिजोजस्तो पदका निम्ति जस्तोसुकै जे गर्न पनि तयार भएको अवस्था अब हुनुहुँदैन, पुरानो तरिका अपनाउने छैनौं ।’
संसदमा सत्तापक्ष र प्रतिपक्षको नाममा अनेक विकृति भित्र्याउने प्रतिस्पर्धा पनि अब नहुने प्रचण्डले दाबी गरे ।
प्रचण्डले छिमेकीसँगको सम्बन्धनमा पनि सन्तुलन कायम गर्ने बताउँदै भारत परस्त र चीन परस्त भन्ने युग पनि सकिएको दावी गरे । उनले भने ‘अब न चीन परस्त, न भारत परस्त हामी सबै नेपाल परस्त, हामी अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध राखेर देशको विकास गर्न चाहन्छौं ।’
प्रचण्डले प्रधानममन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न तयार रहेको बताउनुले राष्ट्रिय एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले मधेसी दलसँगको छलफलमा संविधान संशोधनका लागि तयार रहेको प्रधानमन्त्रीले बताउनुले सबै समुदायबीच एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनमा सघाउने बताउनुले प्रतिपक्ष र सत्तापक्ष मिलेर अघि बढ्ने संकेत देखिएको बताएका हुन् ।
अब हिंसा र विद्रोह स्वीकार्य छैन
प्रचण्डले बिद्रोह र आन्दोलन नगरी माग पूरा गर्ने बाटो संविधानले नै दिएको भन्दै अब हिंसा र आन्दोलनको आवश्यकता नरहेको दावी गरे । ‘राजनीतिक माग पूरा गर्न संविधानले बाटो दिएको छ ।
संविधानलाई समृद्ध गर्दै लैजाने परिवर्तन गर्दै लैजाने आधारभूत मान्यता सुरक्षित गरिएको छ’ उनले भने ‘बिद्रोह र आन्दोलन गर्न नपर्ने गरी माग पूरा गर्ने अवस्था सुनिश्चित गरेको छ ।’
विगतमा जस्तो आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गरेको ठहर्ने प्रचण्डको जिकिर छ ।
‘हिजोको जस्तै आन्दोलन र हिंसाको कुरा गर्छ भने जनताको परिवर्तन, अभिमत र विश्वासमाथि कुठाराघात हुन्छ’ उनले भने ‘अब समृद्धि र विकास र सुशासनको निम्ति लडाई हुँदैछ । यसमा प्रतिस्पर्धात्मक ढंगबाट अघि बढ्नुपर्छ ।’
प्रचण्डले अबको लडाइँ विकास र समृद्धिको निम्तिमात्रै हुने दावी गरे । राजनीतिक क्रान्ति पूरा भए पनि मुलुकको अवस्था राम्रो नभएको, कर्मचारीतन्त्र, न्याय क्षेत्रमा धेरैखालको बेथिति रहेकाले त्यसको सुधारका लागि लडाइँ आवश्यक रहेको बताए ।
Arjun Tiweari
Timela garako ho 100%
Innocence Heart
How kind of this guy? Almost finished. Where is his human sense? Is this his human being?????