कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !

सारांश

  • बिस्नु फडेरा, जुम्ला ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यररत करार कर्मचारिहरुले बिहिबार संघर्ष समिति गठन गर्दैज्ञापन पत्र बुझाएका छन् ।
  • प्रतिष्ठानमा कार्यरत करार कर्मचारिहरुले आफुहरुलाई स्थायी बनाउनु पर्ने माग गर्दै अस्पताल प्रशासन अधिकृत चेतबहादुर रोकायालाई ज्ञापन पत्र बुझाएका हुन्।

बिस्नु फडेरा, जुम्ला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यररत करार कर्मचारिहरुले बिहिबार संघर्ष समिति गठन गर्दैज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानमा कार्यरत करार कर्मचारिहरुले आफुहरुलाई स्थायी बनाउनु पर्ने माग गर्दै अस्पताल प्रशासन अधिकृत चेतबहादुर रोकायालाई ज्ञापन पत्र बुझाएका हुन्।

कार्यक्रममा करार कर्मचारिहरुको तर्फबाट बोल्दै कबिन्द्र महतले प्रतिष्ठानमा यो भन्दा अगाडिका कर्मचारिहरुलाई जुन प्रक्रिया बाट स्थायी गरीएको हो सोहि प्रक्रिया मार्फत हामिलाई पनि स्थायी बनाउनु पर्ने माग रहेको बताए । महतले भने ‘हाल आयर करार कर्मचारिहरुलाई प्रतिष्ठानले बेवास्ता गरेको भान भएको छ ।’

कार्यक्रममा बोल्दै प्रतिष्ठान कर्मचारि सँघका अध्यक्ष रमाकान्त उपाध्यायले यो आन्दोलनमा समर्थन भएको प्रतिवद्धता जाहेर गरे । त्यसै क्रममा प्रतिष्ठान का फर्मासीस्ट पविन काफ्ले ले प्रतिष्ठानमा ८५ प्रतिशत करार कर्मचारि रहेकाले सम्पुर्ण कार्य करारले गर्ने  काफ्ले ले भने ‘यो प्रतिष्ठानमा काम भने हामिले गर्ने तर हामिलाईनै सौतेनि व्यबहार गरेकोमा दुख लाग्छ ।’ उनका अनुसार कर्मचारिले पाउने सेवा सुबिधा ऐनमा गरिएको छ तर कार्यान्वयनमा भने जिरो रहेको पनि बताए । करार कर्मचारिहरुले सुत्केरि बिदा समेत पाउँदैनन् करार कर्मचारिले टे«निँग समेत पाउदैनन् उनको गुनासो थियो ।

यता प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्ले भने करार कर्मचारिहरुलाई नेपालको संविधान पढ्न सुझाव दिन्छन् । उनि भन्छन् ‘साथिहरुले बुझ्न नसकेका हुन कि खै के हुन् ? नेपालकोे संविधानको धारा २४३ मा स्पस्ट रुपमा भनेको छ कि नेपाल सरकारको पचास प्रतिशत लगानि रहेका संस्था , प्रतिष्ठानमा कर्मचारि भर्ना बढुवा गर्दा लोकसेवा आयोगको परामर्श लिनु पर्ने प्राबधान छ । यहि प्राबधान अनुसार नै पाँचौँ सिनेटमा प्रस्ताव पेश गर्ने तयारि रहेको छ । यो भन्दा अगाडि २०७३ मा स्थायी भएका कर्मचारीहरु कुन प्रक्रियामा स्थायी भएका हुन  ? भन्ने प्रश्नमा रजिस्टार काफ्ले ले भने नेपालको संविधान जारि भईसकेपछि दुई बर्ष भित्र नियमावलि शंसोधन गरेर लोकसेवालाई जिम्मा दिइसक्नु पर्ने हो तर हाम्रो नियमावलि शंसोधन भईनसकेको हुँदा र लोकसेवा आयोगले पत्र पठाइनसकेको हुँदा त्यतिबेलाका कर्मचारिहरुले स्थायीहुने अवसर पाए । सोहि प्रक्रियाबाट स्थायी भएका हुन्।

तपाईहरुले नजीर स्थापित गराईसक्नु भएछ अब पनि सोहि प्रक्रिया अपनाएर स्थायी बनाउन मिल्दैन र भन्ने शिखरन्यूजको प्रश्नमा रजिस्टार काफ्ले ले भने हामि लगाएत अन्य प्रतिष्ठान मा लोकसेवा आयोगले पत्र पठाईसकेकोले यो प्रक्रिया असम्भव रहेको बताए । उनले भने ‘हामिलाई लोकसेवा आयोगले २०७५ कात्तिक १६ गते पत्र पठाएकाले अब बस्ने सिनेटमा निएमावली शंसोधन गर्ने र लोकसेवालाई जिम्मा दिने भन्ने छलफल हुने बताए ।’

यता प्रतिष्ठान का करार कर्मचारिहरुले भने कानुन सबैको लागि बराबर हुने हुँदा कि त हामिलाई पुरानै प्रक्रियाबाट स्थायी बनाईनु पर्ने, होईन भने पुराना जुन संविधान जारि भईसकेपछि स्थायी भएका कर्मचारिहरु पनि खारेज हुनुपर्ने माग राखेका छन् ।

यो भन्दा पहिलेको स्याम लम्साल रजिष्टार भएको बेला चौंथो सिनेटले कुन प्रक्रिया पुरायर स्थायी बनाइएकाे हाे त्याे रहस्यमय रहेकाे करार कर्मचारिहरू बताउछन् ।

यसै बिचमा प्रतिष्ठानका एक कर्मचारिले २०७३ मा स्थायी गराउनु भन्दा पहिले लोकसेवा आयोगले पत्र पठाएको तर प्रतिष्ठानका कर्मचारिले लुकाएको आरोप लगाएका छन् । नाम नखुलाउने सर्तमा ति कर्मचारिले भने अस्पताल प्रशासनमा रहेका एक दुई जना कर्मचारिहरुले रजिष्टारलाई समेत भ्रममा राखेर आफुहरु संविधान जारि नहुँदै स्थायी भएको बताउने गरेको ति कर्मचारिले बताए ।
प्रतिष्ठानमा रहेका कुल तिनसय १४ जना कर्मचारिहरु मध्य हाल करिव ६५ जना स्थायी तथा २ सय ४९ जना करार कर्मचारि कार्यरत रहेका आन्दोलनरत करार कर्मचारिहरुले बता्एका छन् ।
ज्ञापन पत्र बुझाएका कर्मचारिहरुले आफुहरुको मागलाई बेवास्ता गरिए पौस एघार गते देखि आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनि समेत दिएका छन् ।

नियमावलीमा केछ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावलि २०६९ को दफा २५ को ख मा कर्मचारिहरुलाई छनौट गर्ने एउटा समिति रहने छ । जसले उक्त दफामा भएको व्यवस्था बमोजिम कर्मचारि छनोट गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?