अनुष्काको अगाडी विराटको नारा लाएपछि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
अनुष्काको अगाडी विराटको नारा लाएपछि !

सारांश

  • अनुष्का शर्मा यतिबेला फिल्म सुइ धागा को प्रचारमा व्यस्त छिन् ।
  • फिल्म प्रचार कै क्रममा अनुष्का र वरुण धवन जयपुर जाँदा एउटा यस्तो घटना घट्यो जसकारण अनुष्का लज्जित भइन् ।
  • खासमा उनीहरु फिल्मको प्रचारको लागि जयपुरको एउटा कलेजमा गएका थिए ।

अनुष्का शर्मा यतिबेला फिल्म सुइ धागा को प्रचारमा व्यस्त छिन् । फिल्म प्रचार कै क्रममा अनुष्का र वरुण धवन जयपुर जाँदा एउटा यस्तो घटना घट्यो जसकारण अनुष्का लज्जित भइन् ।
खासमा उनीहरु फिल्मको प्रचारको लागि जयपुरको एउटा कलेजमा गएका थिए । त्यहाँ अनुष्कालाई देख्नासाथ सबैले विराट कोहलीको नाम लिएर नाराबाजी गर्न थाले । यो देखेर अनुष्का निकै शर्माइन । स्टेजमा गैसकेकी मान्छे पनि लाजले एकछिन भित्र गइन् ।

पछि आफूलाई सम्हाल्दै अनुष्काले भनिन्, सबैलाई उनीसँग प्रेम छ, मलाई पनि छ । सबैलाई जस्तै मलाई पनि उनको याद आइरहेको छ । तर अहिले हामी कामको लागि आएको । पहिले काम गरौँ, त्यसपछि बाँकि कुरा गरौँला । त्यसपछि भने दर्शक पनि सम्हालिए ।
न्युन आर्थिक अवस्था भएको दम्पतिको रुपमा देखिएका वरुण र अनुष्कालाई अहिले भ्याइनभ्याई छ । उनीहरुको रोल दर्शकले मन पनि पराइरहेका छन् ।

(hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?