वाम एकताले भौगोलिक ध्रुवीकरणको खतरा : खड्का

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
वाम एकताले भौगोलिक ध्रुवीकरणको खतरा : खड्का

सारांश

  • उदयपुर :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री डा नारायण खड्काले पछिल्लो समय नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा भएको बताएका छन् ।
  • आज नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए।
  • माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने बताए।

उदयपुर :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री डा नारायण खड्काले पछिल्लो समय नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा भएको बताएका छन् ।

आज नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए।

माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने बताए। उनले माओवादी केन्द्रको सरकारमा पनि रहने र प्रतिपक्षसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्र स्वीकार्यता नहुने बताए ।

डा खड्काले वाम गठबन्धनले छिमेकी मुलुकसँगको सन्तुलन खलबलिने खतरा रहेको बताए । खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीलाई नैतिकरुपमा सरकारबाट फिर्ता बोलाउनु पर्नेमा जोड दिए ।

संविधानसभाको निर्वाचन २०६४ र २०७० सालमा उदयपुरबाट निर्वाचित डा खड्का आगामी प्रतिनिधिसभाको निर्वाचनमा उदयपुर क्षेत्र नं १ बाट आफू उम्मेदवारी बन्ने सम्भावना बढेको समेत बताए ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Maha Sharma Neopane

    कसरी हुन्छ । मिल्दा पनि कहि नराम्रो हुन्छ र ?

    Comment Author

    मतिराज पौडेल

    मदेसी अंगिकृत लाई फेरि औला लगाउने दाउ

    Comment Author

    Santosh Budha

    gooD

    Comment Author

    Shambhu Shrestha

    ईनको त्योठाउबाट पत्तासाफ हुनेदिन नजिकदैईछ तेसैले होसहवस गुमाएको मनथितीको उपचमात्रहो

    Comment Author

    Yagya Gaire

    Hera yi dr ko soch.

    Comment Author

    Madan Giri

    मेरो हजुरबा पुस्ता कांग्रेस, मर्ने बेलामा एमालेले दिएको भत्ताले मिश्री किनेर खान्छ अनि लौरो टेक्दै तेइ कांग्रेसलाई भोट हाल्न जान्छ । मेरो बाउ पुस्ता कांग्रेस, छोराले खाडीबाट रगत, पसिना र जवानी संग साटेको पैसाले दुइ छाक टार्छ । मेरो पुस्ता कांग्रेस, स्वास्नीको लागि एकसरो कपडा र छोराको स्कुल फि तिर्न खाडीमा गाडिएको छ । कांग्रेसलाई जीवन भर भोट दिए बापत के पाए यी तीन पुस्ताले ? अब हामीले के पाउन कांग्रेसलाई भोट दिने ? देउवालाई छैटौं पटक प्रधानमन्त्री बनाउन ? राम शरणलाइ सातौँ पटक अर्थमन्त्री बनाउन ? बिजय गच्छेदारहरुलाई पन्ध्रौँ पटक मन्त्रि बनाउन ? चुंडामणिहरु जन्माउन ? सुसिला कार्की जस्ता न्याय मुर्तिहरुलाई माहाअभियोग लगाउन ? गोबिन्द केसीलाई तेर्हौं चोटी अनसन बसाउन ? के का लागि ???

    २००७ साल देखि पटक पटक सत्तामा पुगेर राज्यको ढुकुटी दोहन गर्ने… नदी नाला, प्राकृतिक साधान श्रोत र चलिरहेका संस्थानहरु कौडीको दाममा बेचेर खाने… राज्यको ढुकुटीबाट आफन्त र आफ्ना सन्तानलाई बिदेशका महंगा युनिभर्सिटी पढाउने अनि ५० लाख गरिबका छोरा छोरीलाई खाडीमा बिचल्ली बनाउने… बीपीको नाम बेचेर कु-राजनीति गर्ने… साधान, श्रोत र सम्भावना हुँदा हुँदै पनि अन्तराष्ट्रिय समुदायमा देशलाई एशियाकै दरिद्र र गरिब मुलुकको ट्याग लगाइदिने भ्रष्टहरुको संगठनलाइ अहिलेको बाम गठबन्धन राम्रै प्रहार हो, तर दु:खको कुरा कांग्रेस भित्रका केहि इमान्दार मान्छेहरु नेतृत्वले गरेको गद्दारी र आस्था प्रति अन्धोपनको कारण जिउदै सहिद हुने परे ।

    भ्रममा नपर्नु हला, कांग्रेस बाट सम्बृद्ध नेपाल सम्भब छैन, हुने भए पहिल्यै हुन्थ्यो । गिरिजा, देउवा पाँच पाँच पटक मुलुकको प्रधानमन्त्री हुँदा के हेरे ? राम शरण महतलाइ छ छ पटक अर्थमन्त्री बनाएर देशको अर्थतन्त्रको साँचो सुम्पिंदा के हेरे ? कांग्रेसीहरु, पहिले यी प्रश्नको उत्तर खोज्नुस । राष्ट्र प्रति बफादार, राष्ट्रको हित चाहने कांग्रेसमा आस्थावान इमान्दार युवाहरुले अब सति जानु भन्दा बिकल्प सोच्नु नै उत्तम हुन्छ । युवाहरु राजनीतिबाट तर्केर, नेतृत्वको झोले कार्यकर्ता बनेर भ्रष्टहरुलाई आफूमाथि शासन गर्न नदिउँ । आफ्नो मातृभूमिमा आफ्नै परिवार संग हाँस्न र बाँच्न पाउने अधिकारको लागि बाध्यताले बिदेशिएका ५० लाख युवाहरु अब जाग्ने बेला आएको छ, जाग्नु पर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?