अमेरिकामा world Film Festival हुँदै, नेपाल संयोजकमा सुनिल रावल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकामा world Film Festival हुँदै, नेपाल संयोजकमा सुनिल रावल

सारांश

  • विश्वभरका फिल्म मेकर्सलाई सहभागिताका लागि आह्वाहन गर्दै वल्र्ड फिल्म फेस्टिभलको घोषणा गरिएको छ ।
  • अक्टोबर २५ देखि २७ को बीचमा अमेरिकाको लस एञ्जल्समा आयोजना हुने फेस्टिभलमा फिल्म मेकर्सले फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री पठाउन सक्नेछन् ।
  • फेस्टिभलमा जुनसुकै मुलुकका फिल्म मेकर्सले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका फासी कुरामले जनाएका छन् ।

विश्वभरका फिल्म मेकर्सलाई सहभागिताका लागि आह्वाहन गर्दै वल्र्ड फिल्म फेस्टिभलको घोषणा गरिएको छ । अक्टोबर २५ देखि २७ को बीचमा अमेरिकाको लस एञ्जल्समा आयोजना हुने फेस्टिभलमा फिल्म मेकर्सले फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री पठाउन सक्नेछन् । फेस्टिभलमा जुनसुकै मुलुकका फिल्म मेकर्सले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका फासी कुरामले जनाएका छन् ।

फेस्टिभलको नेपाल संयोजकको जिम्मेवारी कलाकार तथा चलचित्र निर्माता सुनिल रावलले पाएका छन् । रावलले राम्रो नेपाली फिल्म र डक्युमेन्ट्रीलाई फेस्टिभल अवसर हुन सक्ने बताए । नेपाली संस्कृति झल्कने फिचर फिल्म, सर्ट फिल्म र डक्युमेन्ट्रीलाई छनौटमा प्राथमिकता दिइने पनि उनको भनाई छ ।

नेपालबाट सहभागि हुने फिल्मको छनौटको संयोजन कान्तिपुर फिल्म एकेडेमीका निर्देशक दयाराम घिमिरेले र फेस्टिभलमा नेपाली कला तथा संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुतिको संयोजन निर्माता तथा वितकर गोविन्द शाहीले गर्ने भएका छन् ।

फेस्टिभलमा सहभागि हुन चाहने फिल्म मेकर्सहरुले अक्टोबर १५ सम्म आफ्नो फिल्म, सर्ट फिल्म र डक्यूमेन्ट्री बुझाइ सक्नु पर्ने नेपाल संयोजक रावलले बताए । छनौट भएका फिल्म अक्टोबर २५ देखि अमेरिकाको लस एञ्जल्समा प्रदर्शन गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?