गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २७, २०७७
|
|
२० पटक हेरिएको
Shares
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने

सारांश

  • आर्थिक रुपमा समृद्ध देशहरुले यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् ।
  • यो वर्ष नभ्याए सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने तयारी भइरहेको छ ।
  • रुसले अक्टोबर महिनामा आफ्ना जनताका लागि कोरोना भ्याक्सिन प्रयोगमा ल्याउँदैछ ।

आर्थिक रुपमा समृद्ध देशहरुले यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् । यो वर्ष नभ्याए सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने तयारी भइरहेको छ । रुसले अक्टोबर महिनामा आफ्ना जनताका लागि कोरोना भ्याक्सिन प्रयोगमा ल्याउँदैछ । चीनले कोरोनाविरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर काम गरिरहेका सैनिकहरुमा प्रयोग शुरु गरिसकेको छ ।

अमेरिकाले कम्तिमा सन् २०२१ भित्र कोरोना भ्याक्सिन तयार गरी प्रयोगमा ल्याउने तयारी गरेको छ । युरोपमा पनि अक्सफोर्ड एक्सट्राजेनेकाको भ्याक्सिन विकास हुँदैछ । सन् २०२१ भित्र भ्याक्सिन प्रयोगमा ल्याउने महत्वाकांक्षी योजना अनुसार काम भइरहेको छ । तर, आर्थिक रुपमा पछाडि परेका देशहरुका लागि भ्याक्सिन यो वर्ष त के सन् २०२१ सम्मको अन्तसम्ममा उपलब्ध हुनेमा शंका व्यक्ति गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२१ को अन्तसम्ममा आर्थिक रुपमा विपन्न देशहरु र मध्यमस्तरका देशहरुका लागि कोभ्याक्स कार्यक्रम अन्र्तगत कोरोना भ्याक्सिनको प्रयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कम्तिमा दुई अर्ब भ्याक्सिनको डोज आवश्यक पर्ने आँकलन गरिएको छ ।

डब्लुएचओले सोमबार प्रेस ब्रिफिङमा कोरोना भ्याक्सिन विकास र सँसारभरका मानिसहरुका लागि उतिनै पहुँचको निमाण गर्न मात्र कम्तिमा एक खर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । तर, अहिलेसम्म दश प्रतिशत रकम पनि नउठेको जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोज गेब्रिएससले सोमबार पत्रकार सम्मेलनमा आवश्यक एक खर्ब डलरमध्ये दश प्रतिशत रकम पनि नउठेको जानकारी दिएका हुन् ।

भ्याक्सिनको लागि मात्र आवश्यक पर्ने एक खर्ब डलर सँसारका २० धनी मुलुकहरुले कोरोना महामारीको जोखिमसँग जुध्न १० खर्ब डलर खर्च गरिसकेकाले कोरोना भ्याक्सिन सँसारभरका मुलुकमा सहज तरिकाले उपलब्ध गराउन गर्नुपर्ने खर्च तुलनात्मक रुपमा निकै कम भएको टिप्पणी गरेका छन् । डब्लुएचओले कोषमै समस्या भएको जनाउनुलाई अर्थपूर्ण मानिएको छ ।

कोरोना भ्याक्सिनको मुल्य महङ्गो पर्ने भएकाले विश्वका सबै देशले प्रयोगमा ल्याइहाल्न मुश्किल पर्न सक्छ । गरिब देशहरुका लागि सन् २०२१ मै कोरोना भ्याक्सिन प्राप्त गर्न कठिन हुने यसबाट पनि प्रमाणित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ घटयो, मंगलबार कतिमा हुदै छ कारोबार ?
सुनको भाउ घटयो, मंगलबार कतिमा हुदै छ कारोबार ?
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे
टिकापुर घटनाको सुनुवाइ आज
टिकापुर घटनाको सुनुवाइ आज
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
पत्रकार कुटिएकाे घटनामा बाेले मुख्यमन्त्रि रार्इ
पत्रकार कुटिएकाे घटनामा बाेले मुख्यमन्त्रि रार्इ
काठमाडौँमा पुरुष बेश्याको बिगबिगी
काठमाडौँमा पुरुष बेश्याको बिगबिगी
राष्ट्रियसभा निर्वाचनमा भाग लिन कुन कुन दल दर्ता भए ?
राष्ट्रियसभा निर्वाचनमा भाग लिन कुन कुन दल दर्ता भए ?

तपाईंले छुटाउनुभयो कि?