कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
सारांश
- कात्तिक २८, झापा ।
- नेपालीकांग्रेसकापूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जनआन्दोलनमालागेर गणतन्त्र ल्याउनकालागि महत्वपूर्ण योगदानदिएको व्यक्तिभएकाले जनताले खुशीसाथमतदानगर्ने बताएका छन् ।
- झापास्थित सिटौलाको निर्वाचन क्षेत्रमा नै पुगरे रिपोर्टर्स क्लब नेपालले गरेको चुनावीबहसमा कुरा गर्दै गणतन्त्र ल्याउनकालागि रगतबगाएका सहिदको सम्मानकालागिपनिआफूलाई मतदानगर्नुपर्ने तर्क सिटौलाले गरेका छन् ।
कात्तिक २८, झापा । नेपालीकांग्रेसकापूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जनआन्दोलनमालागेर गणतन्त्र ल्याउनकालागि महत्वपूर्ण योगदानदिएको व्यक्तिभएकाले जनताले खुशीसाथमतदानगर्ने बताएका छन् ।
झापास्थित सिटौलाको निर्वाचन क्षेत्रमा नै पुगरे रिपोर्टर्स क्लब नेपालले गरेको चुनावीबहसमा कुरा गर्दै गणतन्त्र ल्याउनकालागि रगतबगाएका सहिदको सम्मानकालागिपनिआफूलाई मतदानगर्नुपर्ने तर्क सिटौलाले गरेका छन् ।
“परिवर्तनको पक्षमा रहेको कुनैपनिमतदाताले मलाई छोडेर राप्रपाकाउम्मेदवारलाई भोट हाल्नै सक्दैनन् । यो मेरो विश्वास हो ।” सिटौलाले भने ।
जनआन्दोदनमाआफ्नो भूमिका कस्तो थियो भन्ने कुरा मतदातालाई राम्रोसँग जानकारी भएको बताउँदै सिटौलाले त्यहीआन्दोलनदबाउनशक्तिको दुरुपयोग गर्ने दलका नेतालाई जनताले भोट हाल्ननसक्ने दाबी गरे ।
आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनावजितेर पहिलोपटक कार्यकाल पूरा गरेको बताउँदै सिटौलाले ६ पटक चुनाव लड्दा तीन पटक जिते पनिबाँकी २ पटकको कार्यकालभने पूर्ण रुपमाविताउननपाएको जानकारी दिए ।
दोस्रो संविधानसभाको चुनावका बेला संविधाननिर्माण गर्छु भनेर भोट मागेको स्मरण गर्दै सिटौलाले कांग्रेसकै सभापतिको नेतृत्वको सरकारको अगुवाईमा संविधाननिर्माण भएको बताए । उनले आफू संविधान मस्यौदा समितिको सभापतिको हैसियतले संविधाननिर्माणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिका खेलेको जनतालाई स्मरण गराएका छन् ।
संविधाननिर्माणका साथै आफ्नो निर्वाचन क्षेत्रमाकरिब साँडे तीन अरब बजेट विकास निर्माणका लागिविनियोजन गरिएको जानकारी सिटौलाले दिए । भौतिकपूर्वाधार निर्माणका कामले पछिल्लो समय तिब्र गतिलिएको दाबीगर्दै सिटौलाले थुप्रै आयोजनाहरु अघि बढाएको जानकारी दिए । आफ्नो पहलमा सुरु भएकाझापाका ठूला आयोजनाअब डेड वर्षभित्रमानिर्माण सम्पन्नहुने सिटौलाको दाबी छ ।
प्रतिस्पर्धी राप्रपाकाउम्मेदवार राजेन्द्र लिङ्देनलाई उनले राजाको शासनकालमा के विकास भयो भनेर प्रश्न गरेका छन् । “राजा ज्ञानेन्द्रको शासनकाल ४ वर्ष चल्यो । यही राप्रपाका नेताहरु उनकाहर्ताकर्ता भए । देश दमको चक्रव्यूहमाफस्यौँ । विकास भएन ।” सिटौलाले भने ।
राजाको पालामामनोनितजिल्लाविकास समितिको सभापतिभएर २ ट्याक्टर गिटी छरेको भरमाविकास गरेँ भन्ननमिल्ने भन्दै सिटौलाले लिङ्देनका कटाक्ष गरे ।
राप्रपाका नेताहरुले दमन, लुटपाट, हत्याबाहेक अरु केहीपनिकामनगरेको सिटौलाको भनाई छ ।
विगतको जनआन्दोलन र राजनीतिकयात्रालाई विर्सेर कसैले पनि राजनीतिगर्न नहुने तर्क सिटौलाले गरेका छन् । जनआन्दोलनमामारिएर सहिदबनेकाहरुको भावनालाई कुल्चेर अगाडि जाननसकिने सिटौलाको तर्क छ । “जनआन्दोदनको भावनालाई सम्झेर अगाडि बढ्ने हो । सहिदको सपनालाई विर्सेर कहिँपुग्न सकिदैन । इतिहासलाई विर्सन पाइदैन ।” सिटौलाले भने ।
सिटौलाले परिवर्तन नचाहने शक्ति राप्रपासँगकांग्रेसले चुनावीतालमेल गरेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । जनआन्दोलन र संघर्षलाई दबाउनकालागिबर्बर क्रुर कामगर्नेहरुलाई बोकेर हिँड्न नुहने सिटौलाको भनाई छ ।
लोकतन्त्रवादीहरुलाई स्मरण गराउँदै सिटौलाले भने, “विपिकोइरालालाई राजाले किन जेलमा लगे ?वामपन्थीहरु किन जेल परे ? कसैले त्यसको उत्तर दिन सक्छ ? के थियो कारण त्यसबेला?पन्चायतीअदालतले फैसला गरेर हाम्रा मान्छेहरुलाई फाँसिको सजायँदियो । के छ त्यसको उत्तर ?तिनकै अवशेष हो आजको राजनीति । त्यसैले सम्पूर्ण रुपमाले परास्तगर्नुपर्छ । त्यो सन्देश दिन्छ, झापा क्षेत्र नम्बर ३ ले ।”
पछिल्लो समय वाम गठबन्धनका कारण कांग्रेस कमजोर भयो भनिएको छ निभनेर पत्रकार ऋषिधमलाले गरेको प्रश्नको सिटौलाले खण्डन गरेका छन् । नेपालीकांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने दाबी सिटौलाको छ । “निर्वाचनपछि कांग्रेस एक नम्बर पार्टी बन्छ । फरक पर्दैन । निर्वाचन परिणामले देखाउँछ ।” उनले भने ।
नेपालीकांग्रेसको नेतृत्वमा संविधानआएको स्मरण गराउँदै सिटालाले संविधानजारी भएपछिको पहिलो चुनावकांग्रेसले कसरी हार्छ भनेर प्रश्न गरे ।
“वामतालमेल गरिए पनिजनताको सबै मतजाने भन्ने हुँदैन ।” सिटौलाको भनाई थियो ।
Krishna Thakuri
सहिदहरूको रगतलाई गिरीजा सुसिल र सेरेले पोलेर खाई सके अब बाकी सितौला र रामचन्द्रको पालो छ