विद्युत् चोर्ने तीन सय कारवाहीमा,२८ लाख राजश्व सङ्कलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
विद्युत् चोर्ने तीन सय कारवाहीमा,२८ लाख राजश्व सङ्कलन

सारांश

  • चितवन, २८ भदौ।
  • नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ ।
  • विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो ।

चितवन, २८ भदौ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो ।कारवाही गरिएका व्यक्तिबाट कार्यालयले रु २८ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार चुहावट नियन्त्रणका लागि कार्यालयले समय समयमा छड्के अनुगमन गर्ने गरेको छ । जसका कारण चुहावटमा समेत कमी आएको कार्यालयको दाबी छ । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आवको तुलनामा गत आवमा विद्युत् चुहावटमा एक दशमलब १८ प्रतिशतले कमी आएको छ ।

तथ्याङ्कअनुसार अघिल्लो आवमा १२ दशमलब ३९ प्रतिशत विद्युत् चुहावट भएकामा गत आवमा ११ दशमलब २१ प्रतिशत विद्युत् चुहावट भएको थियो । यसलाई घटाएर चालू आवमा शून्य प्रतिशत चुहावट झार्ने उद्देश्य रहेको महतोले बताउनुभयो । कार्यालयले सोही अवधिमा समयमै महशुल नबुझाएका एक हजार १८३ जना सेवाग्राहीको लाइन काटेको छ । यस्तै काटिएका लाइनमध्ये एक हजार १०० जनाको पुनः जडान गरिएको महतोले बताउनुभयो । पुनः जडान गर्ने सेवाग्राहीबाट रु दुई करोड आठ लाख २९ हजार जरिवाना रकम सङ्कलन गरेको छ ।

यस केन्द्रले भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । गत आवमा सात हजार नयाँ ग्राहक थपिएका छन् । यो सँगै केन्द्रका ग्राहकको सङ्ख्या ८० हजार १९९ पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११८ कोरोना संक्रमित थपिए, काठमाडौंमा २८ संक्रमित
११८ कोरोना संक्रमित थपिए, काठमाडौंमा २८ संक्रमित
नवलपरासीको त्रिवेणीमा लागुऔषधसहित एक युवक पक्राउ
नवलपरासीको त्रिवेणीमा लागुऔषधसहित एक युवक पक्राउ
सुर्खेतका द्वन्द्वपीडित भन्छन् ‘हाम्रा पीडामा क्यान्सर लाग्यो’
सुर्खेतका द्वन्द्वपीडित भन्छन् ‘हाम्रा पीडामा क्यान्सर लाग्यो’
नयाँ वर्ष २०७७ सालको शुभकामना सहित वैशाख १ गते सोमबारको राशिफल यस्तो छ
नयाँ वर्ष २०७७ सालको शुभकामना सहित वैशाख १ गते सोमबारको राशिफल यस्तो छ
सिंगटी हाइड्रोको आईपीओमा फागुन ३ सम्म आवेदन दिन सकिने
सिंगटी हाइड्रोको आईपीओमा फागुन ३ सम्म आवेदन दिन सकिने
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
Meet Bollywood celebrities who are battling serious diseases!
Meet Bollywood celebrities who are battling serious diseases!
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू
रुपन्देही ३ मा घनश्याम भुसालको अग्रता कायमै
रुपन्देही ३ मा घनश्याम भुसालको अग्रता कायमै
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित