किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
सारांश
- काठमाडौ, २१ साउन ।
- सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले सार्वजनिक पदमा रहेका सबैको पदबाट बाहिरिएपछी पनि सम्पत्ति विवरण सार्वजनिक गर्न सकेमात्र देशमा सुशासन कायम हुने बताएका छन्।
- साेमबार काठमाडाैमा पत्रकार सम्मेलन गर्दै तामाङले उक्त कुरा बताएका हुन ।
काठमाडौ, २१ साउन । सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले सार्वजनिक पदमा रहेका सबैको पदबाट बाहिरिएपछी पनि सम्पत्ति विवरण सार्वजनिक गर्न सकेमात्र देशमा सुशासन कायम हुने बताएका छन्। साेमबार काठमाडाैमा पत्रकार सम्मेलन गर्दै तामाङले उक्त कुरा बताएका हुन ।
तामाङले आफु मन्त्री भएको १३० दिनसम्म पनि अचल सम्पत्ति घटबढ नभएकाे पनि प्रस्ट पारे । उस्तै उनले रु ४३ हजार ९१२ बैंकको खातामा रहेको उनले बताए । उनले कुनै पनि व्यक्ति पदमा रहनु र नरहनुमा कुनै फरक नपर्ने कुरा पनि कार्यक्रममा बताउ । उनले भने ‘पदमा रहनु र नरहनुमा कुनै फरक पर्दैन मुख्य कुरा सम्पत्ति विवरण पेश गर्नु हाे ।’
पत्रकार सम्मेलनमा तामाङले लोकतन्त्रको जग भनेको पारदर्शिता र जवाफदेहिता रहेकाले त्यसमा सबैले ध्यान ददिनुपर्ने जाेड दिए । मुलुक निर्माण गर्नुपर्ने सबैकाे दायित्व रहने भन्दै तामाङले यतिबेला भ्रष्टाचार निवारण ऐन २०५९ र न्याय परिषद ऐन,२०७३ लाई संशोधन गर्न आवश्यक रहेको बताए।
तामाङले न्यायालयका बिभिन्न बेन्चबाट बिभिन्न मितिमा ६१ अर्व बराबरको राज्स्व अन्तरिम आदेशका भरमा राज्यकोषमा जम्मा नहुने परिस्थिती सिर्जना भएको बारे न्यायाधीशहरुको ध्यानाकर्षण गराएका थिए । पत्रकार सम्मेलनमा बाेल्दै तामाङले अन्तरिम आदेशका भरमा राज्यकोषमा जम्मा नहुने परिस्थिती सिर्जना भएको रकम राज्यकोषमा जम्मा हुने ब्यबस्था मिलाई आम नागरिकलाई जानकारी गराउन अग्रह गरे ।
Prasad Lila
Good job