मकवानपुरको बकैयामा एक पुरुषको शव फेला
सारांश
- मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।
- गाउँपालिका-२ को कैलेनी भिर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । गाउँपालिका-२ को कैलेनी भिर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया