प्रदेश नम्बर दुईको सरकारकाे अायु उपेन्द्र यादवको हातमा: अनिल झा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डौ, १७ जेठ ।
  • राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले प्रदेश नम्बर दुईको सरकार फोरमका अध्यक्ष उपेन्द्रले नढालेसम्म रहिरहने बताएका छन ।
  • “हामी सरकार ढाल्दैनौँ ।

काठमाण्डौ, १७ जेठ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले प्रदेश नम्बर दुईको सरकार फोरमका अध्यक्ष उपेन्द्रले नढालेसम्म रहिरहने बताएका छन ।

“हामी सरकार ढाल्दैनौँ । मधेशमा विकास र समृद्धिका लागि प्रदेश सरकारमा छौँ । साझा सरकार छ, यसलाई उपेन्द्रजीले नढालेसम्म चल्छ ।” झाले भने ।

सरकारले ल्याएकाे  आर्थिक वर्ष २०७५–७६ को बजेट अपक्षा गरिएअनुसारको नभएको  पनि बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै नेता झाले नीति र कार्यक्रम एकतातिर बजेट अर्कोतिर भएको आरोप लगाए ।

नीति र कार्यक्रममा समावेश गरिएका योजना राम्रा भएपनि ति योजना कार्यान्वनय हुने गरी बजेट नआएको उनको तर्क छ ।

संघीयताको आवश्यकतालाई पनि बजेटले सम्बोधन गर्न नसकेको झाको आरोप छ । “७६ प्रतिशतभन्दा बढि स्रोत केन्द्रले प्रयोग गर्ने भनिएको छ । प्रदेश र स्थानीय सरकारलाई स्रोत साधनको अधिकार दिइएको छैन । संघीयतालाई संस्थागत गर्नुपर्ने जिम्मेवारी बोकेको प्रदेश र स्थानीय सरकारलाई बजेटले वेवास्ता गर्यो ।” झाले भने ।

बजेटको संरचनाका आधारमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन नसक्ने झाले ठोकुवा गरेका छन् । सरकारले कम्युनिष्ट पार्टीको कार्यकर्ता पोस्ने बजेट ल्याएकोसमेत अरोप लगाए । “वृद्धभत्ता ५ हजार पुर्याउँछु भनेर भोट मागेका प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई नै ठगे ।”

नीति तथा कार्यक्रम र चुनावी घोषणापत्रलाई लत्याएर बजेट ल्याइएको झाको आरोप छ ।

फरक प्रसंगमा झाले संघीय समाजवादी फोमर नेपाल सरकारमा सहभागि हुने विषयले आफ्नो दललाई कुनै फरक नपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
बन्दुक स्वचालित बनेपछि बढेको चिन्ता–एकराज पाठक
बन्दुक स्वचालित बनेपछि बढेको चिन्ता–एकराज पाठक
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
कपिल शर्मालाई पुत्री लाभ
कपिल शर्मालाई पुत्री लाभ
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ
राष्ट्रियसभामा नवगठित समितिहरुमा को को ?
राष्ट्रियसभामा नवगठित समितिहरुमा को को ?
अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो
अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो