विप्लवका छोरा एक्सनमा उत्रिदा मेडिकल कलेज ठप्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
४५ पटक हेरिएको
Shares
विप्लवका छोरा एक्सनमा उत्रिदा मेडिकल कलेज ठप्प

सारांश

  • नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द ठकुरी मेडिकल कलेजको मनोमानी अन्त्य गर्ने भन्दै संघर्षका कार्यक्रमसहित आन्दोलनमा होमिएका छन् ।
  • उनको नेतृत्वमा संघर्ष समिति समेत बनेको छ ।
  • उनकै निर्देशनमा चितवन मेडिकल कलेजका आन्दोलित विद्यार्थीले मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक शाखामा हिजो (बुधबार) ताला लगाएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द ठकुरी मेडिकल कलेजको मनोमानी अन्त्य गर्ने भन्दै संघर्षका कार्यक्रमसहित आन्दोलनमा होमिएका छन् । उनको नेतृत्वमा संघर्ष समिति समेत बनेको छ । उनकै निर्देशनमा चितवन मेडिकल कलेजका आन्दोलित विद्यार्थीले मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक शाखामा हिजो (बुधबार) ताला लगाएका छन् ।

सीएमसीले अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सीएमसीको कैलाशनगर र अस्पतालको क्लिनिक ब्लकमा तालाबन्दी गरेको थियो। त्यस्तै, अतिरिक्त शुल्क र उचित पारिश्रमिकको माग पूरा नभएसम्म ताला नखोल्ने पनि समितिले जनाएको छ ।

संघर्ष समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटक(पटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निष्कर्षमा पुग्ने गरी जारी राखिएको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । प्रकाश नेत्र विक्रम चन्द विप्लवका छोरा हुन् । उनले सीएमसी मै एमबीबीएस अध्ययन गरेर इन्टर्नसिप गरिरहेका छन् ।

सीएमसीमा अध्यनरत एमबीबीएस, बीडीएस, बीएमएलटी र नर्सिङ संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रति विद्यार्थी लाखौं रुपैयाँ कलेजले असुल गरिरहेको बताउँदै आएका छन् । आईओएमले उपत्यकामा ४२ लाख र उपत्यका बाहिर साढे ४४ लाख शुल्क लिनुपर्ने प्रवधान गरे पनि अधिकांश मेडिकल कलेजहरुले अवैध शुल्क लिने गरेका छन् । अवैध शुल्कको विरोधमा विद्यार्थीहरुले पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको विद्यार्थी विवेक क्षेत्रीले बताए ।

संघर्ष समितिले केही दिनअघि मात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर देशव्यापीरुपमा प्रदर्शन गर्ने गरी अभियान अघि बढाएको छ । यस्तै चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले देशभरको मेडिकल कलेजको समस्या एउटै भएकाले चितवन मेडिकल कलेजलाई मात्र केन्द्रित गरेर आन्दोलन गर्नुको अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।

न्यौपानले विद्यार्थीलाई दबाबमा राखेर आन्दोलनमा सहभागी गराइएको पनि दाबी गर्दै आएका छन्। तर, यो आरोपमा कुनै सत्यता नरहेको डा। प्रकाश चन्द ठकुरीले जनाएका छन् । उनकाअनुसार संघर्ष समितिले उठाएका जायज माग सम्बोधन नभएसम्म आन्दोलन रोकिने छैन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखद्वारा दक्षिण कोरिया जाने तेक्वान्दो खेलाडीहरुलाई विदाइ
सभामुखद्वारा दक्षिण कोरिया जाने तेक्वान्दो खेलाडीहरुलाई विदाइ
वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन
भूकम्प पीडितको समस्या झन थपिँदै
भूकम्प पीडितको समस्या झन थपिँदै
दाहाललाई फकाउने ओलीको निरन्तर असफल प्रयास
कम्युनिष्ट पार्टीसँग ५६ प्रतिशत बलियो जनमत
कम्युनिष्ट पार्टीसँग ५६ प्रतिशत बलियो जनमत
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित
प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेको पर्सिपल्ट यस्तो सहमति
प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेको पर्सिपल्ट यस्तो सहमति
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन
बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई