भूकम्प पीडितको समस्या झन थपिँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १३, २०७३
|
|
२९६ पटक हेरिएको
Shares
भूकम्प पीडितको समस्या झन थपिँदै

सारांश

  •  गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर विनाशकारी भूकम्प गएको दुइ बर्ष पुग्नै लाग्यो ।
  • तर भूकम्प पीडितको समस्या भने थपिँदै गएको छ ।
  • राहत वितरणदेखि पुनर्निर्माणको चरणसम्म आइपुग्दा यहाँका पीडितले थप पीडा भोगिरहेका छन् ।
 गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर विनाशकारी भूकम्प गएको दुइ बर्ष पुग्नै लाग्यो । तर भूकम्प पीडितको समस्या भने थपिँदै गएको छ । राहत वितरणदेखि पुनर्निर्माणको चरणसम्म आइपुग्दा यहाँका पीडितले थप पीडा भोगिरहेका छन् ।

अधिकांश भूकम्प पीडित अझै पनि अस्थायी टहरामै छन् । दुई बर्खा अस्थायी टहरामै गुजारा चलाएका उनीहरुलाई यस पटकको बर्खा पनि टहरामै बिताउनुपर्ने बाध्यता छ । ‘दुइ बर्षको बर्खा टहरामै सकियो’ सुलिकोट गाउँपालिकाका तुलसी प्रसाद भट्टले भने ‘अब अर्काे बर्खा पनि शुरु हुन लाग्यो तर हाम्रो समस्या उस्तै छ ।’
अनुदानको पहिलो किस्ताले भत्किएको घरको भग्नावशेष पन्छाउन समेत नुपुग्ने भएकाले घर बनाउन समस्या भएको उनले बताए । एकमुष्ठ रकम दिए मात्र घर बनाउन सक्ने उनको भनाइ छ । आर्थिक अभावका कारण अधिकांश भूकम्प पीडितले घर बनाउन पाएका छैनन् ।
‘असिना पानी परेको बेला टहरा भित्र पानी छिरेर ताल पर्छ, कसरी बस्ने कसरी सुत्ने साह्रै समस्या हुन्छ,’ स्वाँराकी सलिना गुरुङले भनिन् । पुननिर्माणमा ढिलाइ हुँदा समस्या भोग्नु परेको समस्याबारे सदरमुकाममा अायाेजित एक कार्यक्रममा भूकम्पपीडितहरूले यस्तै गुनासो गरे ।

अनुदानको पहिलो किस्ता लिएकाहरुले कामदार अभावका कारण घर बनाउन पाएका छैनन् । दक्ष कामदारको अभावमा कतिपय पीडितले घर बनाउन नपाएको गुनासो गरे । एकै पटक धेरैको घर बनाउन पर्ने भएकाले कामदारको अभाव भएको हो ।
‘गाउँमा भएका कामदारहरु कोही खाली छैनन्,’ सुलिकोटका बिष्णु भट्टले भने ‘फेरि भूकम्प प्रतिरोधी घर बनाउने दक्ष कामदार पनि त्यति छैनन्, अनि कसरी घर बनाउने ।’ कामदारको अभावमा घर अहिले सम्म घर बनाउन नपाएको चुम्चेतका शेराप गुरुङले बताए ।
‘घर बनाउन शुरु गरौं भनेको अहिलेसम्म कामदार पाएको छैन’, गुरुङले भने । दक्ष कामदारको अभावमा घर बनाउन नपाएको अधिकांश पीडितको गुनासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ
सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ परे
खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ परे
शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग
शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग
गणेश लामाथि अनुसन्धान गर्न अझै १० दिन म्याद थप
गणेश लामाथि अनुसन्धान गर्न अझै १० दिन म्याद थप
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“
नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
सामाजिक सुरक्षामा ५९ हजार वैदेशिक क्षेत्रका श्रमिक आबद्ध
सामाजिक सुरक्षामा ५९ हजार वैदेशिक क्षेत्रका श्रमिक आबद्ध