विप्लव समूहले जनसेना र सरकार बनाई सकेको गृहमन्त्रीको दावी
सारांश
- नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना समेत बनाइ सकेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।
- आइतबार काठमाडौँमा भएका श्रृंखलाबद्ध बम विष्फोटको बारेमा संसदले जानकारी दिदै उनले विप्लव समूहको निशानामा काठमाडौँ उपत्यका परेको दावी गरे ।
- विप्वल समूहले जनसरकारको रुपमा जनपरिषद समेत गठन गरिसकेको गृहमन्त्रीको भनाई छ ।
नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना समेत बनाइ सकेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । आइतबार काठमाडौँमा भएका श्रृंखलाबद्ध बम विष्फोटको बारेमा संसदले जानकारी दिदै उनले विप्लव समूहको निशानामा काठमाडौँ उपत्यका परेको दावी गरे । विप्वल समूहले जनसरकारको रुपमा जनपरिषद समेत गठन गरिसकेको गृहमन्त्रीको भनाई छ । जनसेनाको रुपमा विप्लव समूहले चार कम्पनी निर्माण गरेको र यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेको समेत गृहमन्त्रीले जिकिर गरे ।
आइतबार भएको बम विस्फोटका घटनामा चार जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएको उनले संसदलाई जानकारी दिए । घटनामा मृत्यु भएका सबै विप्लव समूह सम्बद्ध नै भएको र घाइतेमा पनि अधिकांश उनीहरु नै रहेको बताए ।
विप्लव समूहले शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गतिविधि गरिरहेको भन्दै उनले हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ’ गृहमन्त्री बादलले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’
विप्लव समूहको बन्द र अपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको तर, शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताए ।
प्रतिक्रिया