अदालतमै गोविन्द केसीले प्रधानन्यायाधीशलाई माफिया भनेपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, पुस २६ ।
  • अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा.
  • गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताएका छन् ।

काठमाडौं, पुस २६ । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताएका छन् ।

केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको बताएका हुन् । केसीले आफू कसैको रैती नभई सार्वभौम देशको सचेतक नागरिक भएको र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताए ।

डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ ।

सुनुवाईका क्रममा डा. केसीले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?