विश्वकप खेल्न ब्राजिल र अर्जेन्टिनाको टोली घोषणा, टोलीमा को–को परे ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
१६ पटक हेरिएको
Shares
विश्वकप खेल्न ब्राजिल र अर्जेन्टिनाको टोली घोषणा,  टोलीमा को–को परे ?

सारांश

  • काठमाडौं, २ जेठ।
  • रसियामा हुने विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ।
  • यो प्रारम्भीक मात्र भएको र अन्तिम नामावली जुन ४मा फिफाले गर्नेछ।

काठमाडौं, २ जेठ। रसियामा हुने विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ।

यो प्रारम्भीक मात्र भएको र अन्तिम नामावली जुन ४मा फिफाले गर्नेछ। ब्राजिल र अर्जेन्टिना दुवै बिश्वकप उपाधीकालागि दावेदार टोली मानिएका छन्।

युरोपमा बिभिन्न क्लबहरुबाट खेलिरहेका यी खेलाडीहरु उत्कृष्ट फर्ममा रहेका कारणले पनि ब्राजिलको दावेदारी बलियो देखीन्छ । अर्जेन्टिना पनि ब्राजिल भन्दा कम छैन । राम्रा खेलाडीहरुका कारण अर्जेन्टिनाले विश्वकपको उपाधि हात पार्ने संभावना धेरै देखिन्छ। विश्वका सबैभन्दा राम्रा खेलाडी मध्य एक लियोनल मेस्सीका कारण अर्जेन्टिनाको संभावना बढ्दै गरेको देखीन्छ ।

मेस्सी एक्लै कुनै पनि बिपक्षी टोलीलाई परास्त गर्न सक्ने खूबी राख्छन। उनलाई आफ्ना टोलीका खेलाडीहरुले सहयोग मात्र गर्न सके अर्जेन्टिनाको विश्वकप यात्रा सुखमय हुनसक्नेछ ।

यसैगरि ब्राजिलका नेयमार पनि यस्ता खेलाडी हुन जस्ले एक्लै बिपक्षीलाई परास्त गर्ने खूबी राख्दछ । उनलाई साथ दिन कोटिन्हो, जिसस, फर्मिनो जस्ता खेलाडीहरु साथमा हुनाले ब्राजिलको धेरै लामो समय पछिको विश्वकपको अन्त सुखद हुने अनुमान लगाउन सकिन्छ ।

ब्राजिलकालागि कोच टिटेले २३ सदस्यीय टोली घोषणा गरेका छन्।

ब्राजिल :
गोलकिपरः एलिसन, एडेरसन, क्यासियो
डिफेन्डरः मिरान्डा, मार्किन्होस, थियागो सिल्भा, मार्सेलो, फिलिप लुईस, ड्यानिलो, फाग्नर, पेड्रो गेरोमेल

मिडफिल्डर: कासेमिरो, फर्नान्डिन्हो, पाउलिन्हो, रेनाटो अगस्तो, विलियन, फ्रेड, फिलिप कोटिन्हो

फरवार्ड: ग्याब्रियल जिसस, रोबटो फर्मिनो, डगलस कोस्टा, टाईसन, नेयमार

अर्जेन्टिनाका कोच जोर्गे स्याम्पोलीले ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्। लियोनल मेस्सीको कप्तानीमा घोषित टोलीमा धेरै नामहरु अटाएका छन्। फिफाले जुन ४मा अन्तिम नामावली घोषणा गर्नैछ। १२ जना खेलाडी को को छाँटिनेछन त्यो त अर्जेन्टिनाको खेल ब्यवस्थापन, कप्तान र कोचले निर्धारण गर्नेछन्।

अर्जेन्टिना :

गोलकिपर: सर्जियो रोमेरो, विली क्याबालेरो, नाह्वेल गुजमान, फ्रान्को अर्मानी

डिफेन्डर: जेवियर मास्कारानो, फेडेरिको फाजियो, ओटामेन्डी, ग्याब्रियल मर्साडो, जर्मन पेजेया, इडुवार्डो साल्भियो, मार्कोस रोजो, रामिरो मोरी, निकोलास त्यागलियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी

मिडफिल्डर: एवर भनेका, लुकास बिग्लिआ, लियोनार्दो पारेदेस, एन्जेल डि मारिया, म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, क्रिष्टियन पाभोन, रोद्रिगो बाटाग्लिया, पाब्लो पेरेज

फरवार्ड: लियोनल मेस्सी, सर्जियो अग्वेरो, पाउलो डिबाला, गोन्जालो हिगुईन, माउरो ईकार्डी, डिएगो पेरोटी, लाउतारो मार्टिनेज।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?