विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो

सारांश

  • पहिले–पहिले रुखका नजिक मानिसहरुलाई बस्नका लागि चौताराहरु निर्माण गरिन्थ्यो ।
  • रुखका छेउछाउबाट सवारी साधनहरु चल्ने सडक विस्तार गर्न पाइन्नथ्यो ।
  • तर, अहिले नेपालका सहरमा हरियाली देख्न छाडिएको छ ।

पहिले–पहिले रुखका नजिक मानिसहरुलाई बस्नका लागि चौताराहरु निर्माण गरिन्थ्यो । रुखका छेउछाउबाट सवारी साधनहरु चल्ने सडक विस्तार गर्न पाइन्नथ्यो । तर, अहिले नेपालका सहरमा हरियाली देख्न छाडिएको छ ।  हामी पूर्वाधार विकासको नाममा हरियाली माँस्छौं । उद्धाहरणको लागि– भारत छिमेकी मुलुक ।

हरियाली मास्ने हामी नेपालीहरुले भारतबाट केही सिक्ने हो कि ? किनकि भारतमा बिना अनुमति रुख काट्न पाइँदैन । जहाँ एउटा रुख काट्न अदालतको आदेश चाहिन्छ । भारत मात्र नभई चीन, अमेरिका, युएईलगायत प्रायः मुलुकहरुमा सम्बन्धित निकायको बिना अनुमति जथाभावी रुपमा रुख काट्न पाइदैन ।

यदि रुख काटेको खण्डमा व्यक्ति वा सम्बन्धित निकाय कारबाहीको दायरामा आइहाल्छन् ।  यो प्रसङ्ग यहाँ किन कोट्याइयो भने– केही दिनअघि काठमाडौँ उपत्यकास्थित सीतापाइला सडक किनारामा वर्षौं पहिले रोपिएका हरियाली सिसौका रुख सडक विस्तारको क्रममा काटिएको छ । नेपालमा तीव्र शहरीकरणसँगै जथाभावी रुख काट्ने प्रचलन बढ्दो रहेका बेला अन्य मुलुकहरुमा भने पुराना रुखहरुको संरक्षण गर्ने गरिन्छ ।

विशुद्ध काठको लोभमा सडक विभागले सितापाइला सडक किनारमा रहेका सिसौका रुख काटेको स्थानीयको आरोप छ ।  सडक विभागको निर्णयपछि मापदण्डबमोजिम जिल्ला वन अधिकृतको संयोजकत्वमा बनेको समितिको स्वीकृतिमा मात्र रुख काट्न पाइन्छ । बिना अनुमति स्थानीय तह, संङ्घसंस्था वा व्यक्तिले रुख काटेको खण्डमा सडक विभागले स्पष्टीकरण सोध्नुपर्छ ।

तर, सीतापाइला सडक किनारामा हरियाली रहेको सिसौका रुखहरु सडक विभाग आफैले काटेको छ । सडक विभागले स्थानीयसँग समन्वय नगरी सीतापाइला सडक किनारामा रहेको सिसौका रुखहरु आफ्नो मनखुसी काटेको बताइएको छ । धुवाँधुलो र अत्याधिक जनसङ्ख्याको चाप रहेको काठमाडौँ उपत्यकामा छिटफुट रुपमा मुस्किलले मात्र ठाउँ–ठाउँमा ठूला रुख देख्न सकिन्छ । त्यही पनि सडक विस्तारको नाममा हरियाली मास्दै हिँड्न सडक विभाग सक्रिय छ ।

प्लेन चढेको बेला आकाशबाट काठमाडौँ उपत्यकालाई नियालेर हेर्दा पूरै मरुभूमि देखिन्छ । यस्तो अवस्था रहेको काठमाडौँ उपत्यकाको सडक किनारामा रहेको रुखहरु झनै काट्दै जाने हो भने पछि विकराल अवस्था नआउला भन्न सकिन्न । ‘सडक विस्तारको नाममा सडक विभागले अलि–अलि भएको रुख सबै काटेर सिध्याउने भयो,’ स्वयम्भू भगवानपाउ घर भएका ३३ वर्षीय पुरुषोतमदास श्रेष्ठ भन्छन्, ‘सडक विभागको यस्तै मनपरी हो भने कुनदिन सिंहदरबार आसपासमा पछि रोपिएका साना रुखविरुवाहरु पनि काट्न बेर छैन ।’

‘जबसम्म रुख माटोमा अडिन्छ तबसम्म रुखलाई चलाउनुहुँदैन किनभने रुख हाम्रा सम्पत्ति हुन् । यी रुख देखेर बाहिरबाट पर्यटकहरु आउँछन् । नेपाल सरकारले पनि शहरका रुख काट्न प्रतिबन्ध लगाउनुपर्छ,’ श्रेष्ठले भने । नेपालमा सडक तथा अन्य भौतिक पूर्वाधार विकासको क्रममा हजारौं हेक्टरका वन र डाँडापाखा मासिएका छन् । पहाडी भेगमा त विकास भन्ने बित्तिक्कै डोजरले डाँडा फाँड्ने अनि बाटो विस्तार गर्ने भनी बुझन् थालिएकोे छ ।

२०७५ पुस १२ गते आइएमई नेपाल लिटरेचर फेस्टिवलमा फेवाताल वरपरका रुख सम्वन्धित निकायको अनुमति विना काटिएको भन्दै आयोजकले जरिवाना तिर्नुपरेको थियो ।
यस विषयमा सडक विभागका योजना तथा अनुगमन महाशाखाका उ.म.नि. शिवहरि सापकोटालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
हम्मरले हान्दा मृत्यु
हम्मरले हान्दा मृत्यु
सुनसरी ३ मा विजय गच्छदार पछि परे
सुनसरी ३ मा विजय गच्छदार पछि परे
भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
कांग्रेसले ६ जना बागीसहित १८ जनालाई पार्टीबाट निकल्यो
कांग्रेसले ६ जना बागीसहित १८ जनालाई पार्टीबाट निकल्यो
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम
भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम

तपाईंले छुटाउनुभयो कि?