बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
१६ पटक हेरिएको
Shares
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस

सारांश

  • काठमाडौँ, २० असार ।
  •    प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसत्तावादतिर उन्मुख भएको आरोप लगाउँदै उनलाई जवाफदेही बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आक्रामक र आन्दोलनात्मक रणनीतिको तयारी गरेको छ ।
  • कांग्रेसका एक प्रभावशाली नेता तथा सांसदका अनुसार निषेधित क्षेत्रलाई सीमित गर्ने निर्णयसँगै डा।

काठमाडौँ, २० असार ।   प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसत्तावादतिर उन्मुख भएको आरोप लगाउँदै उनलाई जवाफदेही बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आक्रामक र आन्दोलनात्मक रणनीतिको तयारी गरेको छ ।

कांग्रेसका एक प्रभावशाली नेता तथा सांसदका अनुसार निषेधित क्षेत्रलाई सीमित गर्ने निर्णयसँगै डा। गोविन्द केसी तथा गंगामाया अधिकारीको अनशन प्रकरण र संविधान विपरित सभामुख तथा उपसभामुख दुवै पदमा सत्ताधारी नेकपाले नियन्त्रण गरेको विरोधमा सदन भित्र र बाहिर सडकमा विरोध गर्ने निर्णय मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बताए ।

बुधबार बिहान १० बजेपछि सिंहरबारमा बस्ने कांग्रेस संसदीय दलको बैठकले यी विषयमा संसदमा आक्रमक रुपमा प्रस्तुत हुने र परिआएमा ‘संसदको वेल’ मा गइ नाराबाजी गर्ने र संसद अवरोध गर्ने निर्णय लिन सक्ने जानकारी ती नेताले दिएका छन् ।

संसदीय दलको बैठकले मंगलबार सभापति देउवाको निवासमा भएको पार्टीका शीर्ष नेताबिचको छलफलको निर्णयलाई अनुमोदन गर्ने संकेत एक प्रभावशाली नेताले गरेका छन् ।

यस्तै कांग्रेस केन्द्रीय समितिका सदस्य प्रदीप पौडेलको नेतृत्वमा माइतीघरमण्डलामा लागेको निषेधाज्ञालाई अवज्ञा गर्न पनि मंगलबारको वरिष्ठ नेताको बैठकले निर्देशन दिएको छ ।
संविधानमा प्रतिनिधिसभा तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमा सत्ता र प्रतिपक्ष दलका व्यक्ति हुनु पर्ने प्रावधान छ । तर दुवै पदमा सत्तारुढ नेकपाले नियन्त्रण गरेको र पटक पटकको आग्रहलाई प्रधानमन्त्री तथा सत्तापक्षले अवज्ञा गरेको भन्दै संविधान अनुरुप त्यसालाई सम्बोधन नगरिएसम्म संसद अवरुद्ध हुन सक्ने ती नेताले बताए ।

देउवा निवासमा भएको बैठकमा कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल लगायतका नेताले मुलुकमा देखापरेको ‘सर्वसत्तावादी’ प्रवृत्तिप्रति पार्टी नेतृत्व उदासिन रहेको आरोप लगाउँदै आफ्नो सक्रिय भूमिका प्रदर्शन गर्न देउवामाथि दबाब दिएका थिए ।

उपस्थित केही सदस्यले चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकमा पहिले डा। केसीसँग भएका सहमति विपरित र नेकपाको केही नेताको व्यापारिक हित सम्वर्द्धनका लागि परिमार्जन गरिएको बताए ।
उनीहरुले डा। केसीसँगै छोरोका हत्याराहरुलाई गिरफ्तार गर्न माग गर्दै आजीवन भोकहड्तालमा रहकी गंगामायाको प्राण रक्षाका लागि सरकारमाथि दबाब दिनु पर्ने बताए । त्यसपछि कांग्रेस नेतृत्व कडा निर्णय लिने निष्कर्षमा पुगेको हो ।

डा केसी र गंगामायालाई सरकारले जानी जानी मृत्यु तर्फ धकेलेकाले उनीहरुको प्राण रक्षाका लागि कांग्रेसले कडा कदम चाल्नु पर्ने देउवा निवासमा भएको बैठकमा सहभागित भएका नेताहरुले नेतृत्वलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Sharan Raj Thapa

    Nepali congress ko abajayahos. Chetana bhaya.

    Comment Author

    Ram Rai

    ल बधाई छ कांग्रसलाई।भावी पुस्ताले पनि सिकुन।

    Comment Author

    Krishna Wasti

    गंगामायाँ प्रकरण र केशी प्रकरण नेकालाई भर्खर पाे थाहा भएछ हे, गाँठे !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?