विश्व बालश्रम दिवसको अवसरमा प्रभातफेरि

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २९ जेठ ।
  • १६ औँ विश्व बालश्रम दिवसको अवसरमा आज प्रभातफेरिको आयोजना गरिएको छ ।
  • श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

काठमाडौँ, २९ जेठ । १६ औँ विश्व बालश्रम दिवसको अवसरमा आज प्रभातफेरिको आयोजना गरिएको छ ।

श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

‘द्वन्द्व र विपद्मा बालबालिकालाई बालश्रमबाट मुक्त गरौँ’ भन्ने मूल नाराका साथ विश्वभरि मनाइएको विश्व बालश्रम दिवसको अवसरमा आयोजित ¥यालीमा सहभागीले ‘बालश्रम अन्त्य गरौँ’, ‘बालबालिकालाई माया गरौँ’ र ‘बालबालिका भविष्यका कर्णधार हुन्’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

सो अवसरमा विभागका महानिर्देशक भुवन आचार्यले बालश्रम अन्त्यका लागि चेतनामार्फत घरघरबाट सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

बालश्रमविरुद्ध प्रभातफेरि

इटहरी– बालश्रमविरुद्धको विश्व दिवसका अवसरमा आज सुनसरीको इटहरीमा केही विद्यालयका बालबालिकाको सहभागितामा प्रभातफेरि कार्यक्रम गरिएको छ । प्रभातफेरिमा सहभागी बालबालिकाले इटहरी उपमहानगरपालिकाका मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

प्लान नेपालको सहयोग तथा जिल्ला बाल क्लब सञ्जाल सुनसरी र जिल्ला बाल कल्याण समिति समेतको सक्रियतामा भएको उक्त प्रभातफेरि कार्यक्रममा सहभागी भएका बालबालिकाले बालश्रमविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर समेत प्रदर्शन गरेका थिए । उनीहरूले ‘द्वन्द्व र विपद्मा परेका बालबालिकालाई बालश्रमबाट संरक्षण गरौँ’लगायतका नारालाई पनि विशेष जोड दिएका थिए ।

प्रभातफेरिमा सहभागी भएका बालबालिकाले ‘बालश्रम विरुद्धका नारा बालश्रम कानुनी अपराध हो, त्यसको अन्त्य गरौँ, बालश्रम प्रयोग नगरौँ र बालश्रमको सबैले मिलेर अन्त्य गरौँ’ भन्नेजस्ता नारासमेत लगाएका थिए ।

बालबालिकाका विषयमा काम गर्दै आउनुभएकी प्लान नेपालकी टङ्कमाया लिम्बूले यो विषयमा सबैले मिलेर काम गर्नुपर्छ भन्नुभयो ।

त्यस अवसरमा केन्द्रीय बालकल्याण समितिको बाल अधिकारसम्बन्धी स्रोत ब्यक्ति सुमन अधिकारी, महिला तथा बालबबालिका कार्यालयकी प्रतिनिधि मञ्जु शर्मालगायतले पनि बालबालिकाविरुद्धको अभियानलाई साझा समस्याका रुपमा सबैले हेर्नु पर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ
विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ
७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता
७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
बोल्ड फोटोले भरिएको छ अश्वामीको इन्स्टाग्राम, आफ्नै प्रोडक्श हाउस छ
बोल्ड फोटोले भरिएको छ अश्वामीको इन्स्टाग्राम, आफ्नै प्रोडक्श हाउस छ
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालको विजयी शुरुवात
विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालको विजयी शुरुवात
निर्मलाको न्यायका निम्ति स्वेच्छिक गिरफ्तारी माग्दै प्रदर्शन
निर्मलाको न्यायका निम्ति स्वेच्छिक गिरफ्तारी माग्दै प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?