दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३९ पटक हेरिएको
Shares
दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

सारांश

  • चितवन, १ असोज ।
  • जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।
  • जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो ।

चितवन, १ असोज । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६ जना रहेका छन् । चितवनमा शहरी क्षेत्रका सङ्क्रमित बढिरहेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षको साउन र भदौमा जिल्लामा १८४ जनामा सो रोगको सङ्क्रमण भएको थियो । गत आवमा दुई हजार २३७ जनाको रगत परीक्षण गरिएकामा ४१० जनामा सङ्क्रमण भेटिएको थियो । आँखाले देख्न नसकिने मुसाको कानमा हुने ‘माइट’ नामक जीवाणुको टोकाइबाट यसको सङ्क्रमण हुने गर्दछ । जिल्लामा नौ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । पाँच सय ६१ जनाको रगत परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेंगु भेटिएको हो । केसीका अनुसार चितवनका चार, नवलपरासी र गोर्खाका दुई÷दुई तथा रुपन्देहीका एक जना सङ्क्रमित भएका छन् । डेंगुको सङ्क्रमण हुनेमा भरतपुर महानगरपालिकाका तीन र माडीका एक रहेको उहाँले बताउनुभयो ।
गत आवमा जिल्लामा एक हजार ४५३ को रगत परीक्षण गरिएकामा ५९ जनामा डेंगुको सङ्क्रमण भेटिएको थियो । उनीहरुमध्ये ३३ चितवनका थिए । सो वर्ष भदौ मसान्तसम्ममा आठ जनामा डेंगु भेटिएको थियो । डेंगु रोज सङ्क्रमित ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट
वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
Pin Up Online Casino Azerbaycan ️ Onlayn Kazino PinUp Rəsmi Sayt
पछिल्लो २४ घण्टामा थपिए २१२० कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा थपिए २१२० कोरोना संक्रमित
पिताको लाससँग १२ वर्ष बिताएकी यी महिला
पिताको लाससँग १२ वर्ष बिताएकी यी महिला
ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच
ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
सालकको खपटा सहित पक्राउ
सालकको खपटा सहित पक्राउ